शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • १४ औं पुस्तकालय दिवसको अवसरमा ” पुस्तकालय र साहित्य ” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
शिक्षा

१४ औं पुस्तकालय दिवसको अवसरमा ” पुस्तकालय र साहित्य ” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

भदौ १२, काठमाडौ । सबल समाजको आधार : सार्वजनिक पुस्तकालयको विकास र विस्तार को नारालाइ लिएर भैरव स्मृती पुस्तकालय , गोकर्णेश्वोर – ७ , भैरव अर्याल मार्ग, अक्षरचोक, दक्षिणढोकाद्वारा बृहत् जुम अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सो कार्यक्रममा शिक्षा मन्त्रालय उपसचिव एवं पुस्तकालय दिवस कार्यक्रम मुल आयोजक समितिका सदस्य सचिव यादव निरौला , पुल्चोक इन्जिनिएरिङ्ग क्याम्पसका पुस्तकालय प्रमुख सागर राज सुवेदी , डिल्लिरमण रेग्मी पुस्तकालयका अध्यक्ष, सामुदयिक बाल पुस्तकालयका संस्थापक अध्यक्ष तथा संचालिका एवं बाल साहित्यकार र पुस्तकालय बिज्ञ इन्दिरा दली , नेपाल राष्ट्रिय पुस्तकालयका पूर्व प्रमुख तथा पुस्तकालय बिज्ञ दशरथ थापा , प्राथमिक स्वस्थ तथा सुचना स्रोत केन्द्रका निर्देशक चन्द्र किरण श्रेष्ठ तथा पत्रकार निर्मल अर्याल आदि व्यक्तिको उपस्थितिमा उक्त कार्यक्रम सफल भएको स्रोतले बताएको छ।
पुस्तकालयको महत्व घट्दै गैरहेको वर्तमान परिप्रेक्षमा पाठकलाई पुस्तकालय सम्म ल्याउने भन्दा पनि ई – लाइब्रेरीको अवधारणा अनुसार पुस्तकालयलाई नै पाठकको घर-घरमा पुर्याएर भए पनि पठन संस्कृतिको जगेर्ना गर्नुपर्ने निष्कर्ष आजको  अन्तरक्रिया कार्यक्रमको रहेको स्रोतले बताए |

फेसबुक प्रतिक्रियाहरु