शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपाल दलित विद्यार्थी संघको प्रदेश-०२ प्रथम रौतहट जिल्ला अधिवेशन सम्पन्न
राजनीति

नेपाल दलित विद्यार्थी संघको प्रदेश-०२ प्रथम रौतहट जिल्ला अधिवेशन सम्पन्न

भदौ १२, काठमाडौ । नेपाल दलित विद्यार्थी संघको प्रथम रौतहट जिल्ला अधिवेशन सम्पन्न भएको छ। नेपाली कांग्रेस पार्टीको सुभेच्छुक संगठनका रुपमा आफ्नो स्थापना काल देखि नै विद्यार्थी हक अधिकार, छात्रवृत्ति तथा दलित समुदायको मुद्दालाइ लिएर आफ्नो आवाज उठाउदै आएको नेपाल दलित विद्यार्थी संघले आफ्नो विद्यार्थी अधिवेशन रौतहट जिल्लामा सम्पन्न भएको हो। नेपाल दलित संघ जिल्ला सभापती अमिन्द्र कुमारको प्रमुख आतिथ्यता तथा दलित विद्यार्थी संघ केन्द्रिय सदस्य सविन विस्वकर्माको प्रतिनिधित्वमा सो अधिवेशन सम्पन्न भएको स्रोतले जनाएको छ।
सो कार्यक्रममा विभिन्न नेपाली कांग्रेससङ्ग आबद्ध नेता, विद्यार्थी, समाजसेवी आदिको व्यापक उपस्थिती थियो भने नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार ज्युले अधिवेशनको सफलताको सुभकामना दिनुभयो।

फेसबुक प्रतिक्रियाहरु