शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पछिल्लो २४ घन्टामा २०६५ जना कोरोना संक्रमित, २५ को मृत्यु
Breaking News

पछिल्लो २४ घन्टामा २०६५ जना कोरोना संक्रमित, २५ को मृत्यु

जुनेली न्यूज, काठमाण्डौ | थप २,०६५ जनामा कोरोना भाइरसमा संक्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्यु भएको छ । त्यस्तै २,३३७ जना संक्रमणमुक्त भएका छन् । यो पछिल्लो २४ घण्टाको तथ्यांक हो |

८,७५२ जनाको पीसीआर परीक्षण गर्दा १,५७७ र ४,३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २,०६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७९२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ भने ७ लाख ८ हजार २३० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ जना रहेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु