बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रदेश १ को नाम र पहिलो चरणमा दुई/तीनजना मन्त्री बनाएर सरकार विस्तार गर्ने तयारी
Breaking News

प्रदेश १ को नाम र पहिलो चरणमा दुई/तीनजना मन्त्री बनाएर सरकार विस्तार गर्ने तयारी

जुनेली न्यूज, काठमाण्डौ | प्रदेश १ को सरकार आज विस्तार गर्ने तयारी भएको छ ।

मुख्यमन्त्री शेरधन राइले राजिनाम दिएपछि नवनियुक्त मुख्यमन्त्रीमा भीम आचार्य चयन भएका हुन् |
आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शपथ लिइ सकेका छन् ।

पहिलो चरणमा दुई/तीनजना मन्त्री बनाएर सरकार विस्तार गर्ने तयारी भइरहेको मुख्यमन्त्रीमा भीम आचार्य निकट स्रोतले जनाएको छ । शुक्रबार नै शपथ ग्रहण गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ । तर, कसकसलाई मन्त्री बनाउने भन्ने नाम भने टुङ्गो लागिनसकेको स्रोतले बताएको छ ।

सरकारलाई विश्वासको मत प्राप्त हुने गरी मन्त्री चयन गर्नुपर्ने भएकाले गम्भीर छलफल भइरहेको पनि स्रोतले जनाएको छ । आचार्य बिहीबार मुख्यमन्त्री बनेका हुन् । बिहीबार नै तीन मन्त्रीले शपथ ग्रहण गर्ने तयारी भएको भनिए पनि अन्तिम अवस्थामा रोकिएको थियो |

 

फेसबुक प्रतिक्रियाहरु