शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • SEE उतीर्ण बिधार्थीहरुलाई नेपाल दलित बिधार्थी संघको बधाई
शिक्षा

SEE उतीर्ण बिधार्थीहरुलाई नेपाल दलित बिधार्थी संघको बधाई

२४ साउन, काठमाडौं | नेपाल दलित बिधार्थी संघले SEE उतिर्ण बिधार्थीहरुलाई बधाई दिएको छ साथै +२ पढ्नका लागि छात्रबृत्तिको समेत व्यवस्था गर्ने भएको छ |

कोरोना महामारीका कारण माध्यामिक शिक्षा SEE परीक्षा बिधार्थीको भौतिक उपस्थितीमा दिइन नमिल्ने अवास्था सिर्जना भएकोले    सम्पूर्ण बिधार्थीहरुको अध्यन, बौद्दिक क्षमता, अनलाइन सहभागिता, पाठको अभ्यासमा संलग्नता तथा अतिरिक्त क्रियाकलापको मुल्यांकनको आधारमा  शैक्षिक सत्र २०७७ मा दीइएको SEE परीक्षा उतिर्ण गरेका  विधार्थीहरुलाई  बधाई एवं उज्वल भविष्यको सुभकामना पनि व्यक्त गरेको छ |

संघले विपन्न बर्ग  तथा जेहेन्दार बिधार्थीहरुको लागि बिगतका दिनहरुमा पूर्ण तथा आंशिक रुपमा  छात्रबृत्तिको व्यवस्था गरेको लामो इतिहास रहेको भन्दै  नेपालको विकासको लागि  शिक्षा तथा युवा स्वरोजगार भन्ने बुझाइ राखेका केन्द्रीय अध्यक्ष राजु सुनारले बताएव | आजको दिनसम्म आफ्नो कार्यकालमा  विभिन्न दलित, जनजाति, अपाङ्गता भएका एवं आर्थिक रुपमा  कमजोर अवस्थामा रहेका मिहेनेती तथा जेहेन्दार बिधार्थीहरुलाई विभिन्न शैक्षिक संघसंस्थाहरुमा पहल गरि निसुल्क छात्रवृत्ति उपलब्ध गराउदै आएको उनको भनाइ छ  |

फेसबुक प्रतिक्रियाहरु