बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • उदयपुरमा रुख लडेर अटोलाइ किच्दा एक सवार महिलाको मृत्यु
दुर्घटना/अपराध

उदयपुरमा रुख लडेर अटोलाइ किच्दा एक सवार महिलाको मृत्यु

जुनेली न्यूज, काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीमा प्रदेश २–०१–००१ ह ०५६० नम्बरको अटोमा सवार महिला  कटारी नगरपालिका–४ की ३८ वर्षीया निशा दनुवारको रुख लडेर अटोलाई किच्दा मृत्यु भएको छ ।

रुखले थिचेर अटो चालक र अटो नजिकै रहेका अन्य दुई जना घाइते भएका छन् भने एक सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको छ ।

रुखले किच्दा अटो पूर्ण रुपमा क्षति भएको छ भने नजिकै रहेको रहेको स १० प ३२७२ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ |

फेसबुक प्रतिक्रियाहरु