शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • सरकारले सबै जमिन किनेर आफ्नो बनाओस् : बामदेव गौतम
Breaking News

सरकारले सबै जमिन किनेर आफ्नो बनाओस् : बामदेव गौतम

जुनेली न्यूज, काठमाडौँ — एमालेका उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सबै भूमि सरकारले खरिद गर्नुपर्ने र आफ्नो स्वामित्वमा लिनुपर्ने बताएका छन् । उनले राष्ट्रिय सभाको आइतबारको बैठकमा आयोग बनाएर सुकुम्बासी समस्या समाधान गर्न नसकिने भन्दै नयाँ प्रस्ताव सुझाएका हुन् ।

राष्ट्रिय सभाको विशेष समयमा बोल्दै गौतमले ‘जमिनमाथि व्यक्तिगत स्वामित्व जहिलेसम्म हुन्छ, त्यसबेलासम्म एकथरि मानिस त्यसलाई उपयोग गरेर धनि हुने, अर्काथरि मानिसहरु सुकुम्बासी हुँदैहुँदै जाने,’  बताए ।‘नेपालको कृषि भूमि छ, त्यहाँ एक टुक्रा पनि जमिनदारी जमिन छैन । त्यो सबै अनेक–अनेक हिसाबले रगत पसिना बगाएको पैसाबाट लिएको जमिन छ,’ गौतमले भने, ‘त्यो जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्ने अनि त्यसलाई लिजमा दिने र त्यो कहाँनेर कसरी उपयोग गर्ने भन्ने ठाउँमा हामी नजाँदासम्म हामीले जमिनको सदुपयोग गर्न पनि सक्दैनौं र हामीले भूमिहीन र सुकुम्बासी जन्माउने प्रक्रिया पनि बन्द गर्न सक्दैनौं ।’

गौतमले भने, ‘व्यक्तिगत जमिनलाई सरकारले किन्ने अनि त्यसलाई लिजमा दिने र त्यो कहाँनेर कसरी उपयोग गर्ने भन्ने ठाउँमा हामी नजाँदासम्म हामीले जमिनको सदुपयोग गर्न पनि सक्दैनौं र हामीले भूमिहीन र सुकुम्बासी जन्माउने प्रक्रिया पनि बन्द गर्न सक्दैनौं ।’

एउटा भूमि आयोग विघटन गर्ने र अर्को आयोग गठन गर्ने काम नगर्न उनले सुझाव दिए ।

गौतमले  थपे, ‘०५१ सालदेखि आजसम्म २८ वर्षको अवधिमा हामीले समस्या समाधान गछौं भनेका आयोगले किन समस्या समाधान गर्न सकेन ? किनकी हामी हिडेको बाटो अवैज्ञानिक छ । यसमा जान हुँदैन । जानी जानी फेरि पनि हामी जाने कोसिस गरिरहेका छौं । र भूमि आयोग विघटन भएकोमा आन्दोलन गर्दैछौं । अर्को भूमि आयोग गठनको तयारी गर्दैछौं ।’

सुकुम्बासीहरु कहाँबाट जन्मिरहेका छन् भन्नेमा पुग्नुपर्नेमा उनको जोड छ ।

‘०५१ सालमा बनेको आयोगले कति समस्या समाधान गर्‍यो ? किन फेरि पनि त्यतिकै मान्छे भूमिहीन भएका छन ? सुकुम्बासी भएका छन ? कहाँबाट जन्मिराखेको छ त्यसको कारणमा जान पर्दैन र ?’ उनले भने, ‘कारणमा जाने हो भने एउटै देखेको छु– जमिनमाथिको व्यक्तिको स्वामित्व । एकथरी त्यसलाई उपयोग गरेर धनी हुने र अर्को सुकुम्बासी हुँदै जाने ।विगतको केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोगमा १लाख भूमिहीन सुकुम्बासीहरुले आवेदन दिएको उल्लेख गर्दै उनले आयोगले उनीहरुलाई प्रतिपरिवार ५ गठ्ठा दिने भनेको बताए ।

 

फेसबुक प्रतिक्रियाहरु