शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ग्लोवल मल्टिकल्चर अर्गानाईजेशन नेपालको पुनर्गठन तथा सांगीतिक कार्यक्रम
चलचित्र

ग्लोवल मल्टिकल्चर अर्गानाईजेशन नेपालको पुनर्गठन तथा सांगीतिक कार्यक्रम

चैत ११

काठमाडौँ । २०७७ साल चैत्र ८ गते शनिवार ग्लोवल मल्टिकल्चर अर्गानाईजेशन, नेपालद्वारा नव निर्वाचित पदाधिकारीहरुको भव्य अभिवादन तथा विशेष सांगितिक कार्यक्रमको आयोजना गरेको छ ।

कालिनागेश्वर शिव मन्दिर प्रयाग मार्ग भिमसेनगोलामा आयोजित उक्त सभामा सोहि मन्दिर व्यवास्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद शिवाकोटी विशेष अतिथिको रुपमा रहेका थिए  भने कार्यक्रमको सभापतित्व संस्थाका नव निर्वाचित अध्यक्ष  एल पी. बुढाथोकीले गर्नु भएको थियो  ।

उक्त सांगितिक समारोहमा संगित मर्मज्ञ गुरु विनय बर्मा , चर्चित गायिका सुजता वर्मा, वरिष्ठ गायक शिरिर योगी लगायत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो| कार्यक्रममा शिवाकोटी  समाजका सदस्यहरु तथा भक्तानुरागीहरुको समेत सहभागी रहेका थिए |

नयाँ केन्द्रिय कार्यसमितिमा निम्नलिखित व्यक्तिहरुलाईक विशेष अतिथिबाट रुद्राक्षको माला सहित टिका द्वारा शुभकामना स्वागत गरिएको थियो |

अध्यक्ष : एल.पी  बुढाथोकी
उपध्यक्ष : बालगोपाल शिवाकोटी
कोषाध्यक्ष : चिदानन्द ढुंगेल
महासचिव : अनन्त प्रजापति
सचिव : साकुण्डल खड्का
सदस्यहरु  : नारायण बावु कोइराला, यतिराज अधिकारी, कृष्ण प्रसाद सापकोटा, बिष्णु देव, रक्षा गिरी, सुजता वराल, सरोज प्याकुरेल, सुजता वर्मा |

सभालाई संस्थाका कोषाध्यक्ष श्री चिदानन्द ढुंगेल आफ्नो रशिक शब्द गुच्छाद्वारा स्वागत गर्नु भयो भने अध्यक्ष एल पी. बुढाथोकीद्वारा GMO Nepal को बारेमा प्रकाश पार्दै नया कार्यसमितिलाई बधाई ज्ञापनका साथ भावि कार्य योजना प्रस्तुत गर्नु भएको थियो ।  कालिनागेश्वर मन्दिर परिवारले GMO Nepal प्रति गेरेको स्नेह तथा सहकार्यको आफू सधै ऋणी रहने बताउदै GMO Nepal सँगै भगवान कालिनागेश्वरको आर्शिवाद र नाम विश्वभरी पुर्याउने  प्रण व्यक्त गर्नु भयो ।

सांगीतिक कार्यक्रम तर्फ ग्लोवलका वरिष्ठ कलाकारहरुको मनमोहक  प्रस्तुती रहयो भने भजन तर्फ चर्चित गायिका सुजता वर्माको साथमा बिनय बर्मा र  गायक अनिल कुमार पौडेलको  प्रस्तुती रहेको थियो  । आगामी कार्यक्रम तर्फ हरेक महिनाको पहिलो शनिवार नियमित रुपमा भक्ति संगीत कार्यक्रम आयोजना हुने र सबै जना  भक्त जनमा निमन्त्रणा गर्दैै अध्यक्ष द्वारा सो समारोहको  समापन गरियो ।

 

फेसबुक प्रतिक्रियाहरु