शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • रामेछापमा क्षयरोगमा बिरामी ३२ जना पुगे
रामेछाप बिशेष

रामेछापमा क्षयरोगमा बिरामी ३२ जना पुगे

चैत ११,

रामेछाप । रामेछाप जिल्लामा क्षयरोगमा बिरामी ३२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । बुधबार विश्व क्षयरोग दिवसको अवसरमा जिल्ला अस्पताल रामेछाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वस्थ्य प्रमुख जितेन्द्र कर्णले जिल्लामा रोगका संक्रमित ३२ जना पुगेको बताए । हरेक मार्च २४ तारिखका दिन विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व क्षयरोग दिवस बनाईदै आएको छ ।

क्षयरोग सम्बन्धि संकेत गर्ने काल्पानिक तस्विर

२०२१ को लागि ‘द क्लक इज टिकिङ’ अर्थात ‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने नाराको विश्वभर क्षयरोग दिवस मनाइदैछ । क्षयरोग अर्थात् ट्युबरक्लोसिस ब्याक्टेरियाका कारणले हुने सरुवा रोग हो । तर नियमित औषधी सेवान गरेमा यो रोग निको हुने कर्णले जानकारी दिए । चिकित्सकको सल्लाहअनुसार नियमित् औषधी सेवान, परिक्षण गरेमा यो रोग निको हुन्छ । क्षयरोगका जिवाणुले शरीरको फोक्सोमा बढि असर गर्ने भएपनि शरिरका अन्य अंगमा पनि असर गर्न सक्दछ । यो रोगको सरकाले देशैभरी निशुःल्क उपचार गर्छ ।

यो रोग लाग्दा लामो समय सम्म खोकी लाग्ने, खकारमा रगतको मात्रा देखा पर्ने, ज्वरो आउने, राति पसिना आउनुको साथै व्यक्तिको तौल पनि कम हुदै जाने लक्षण देखा पर्दछन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हरेक वर्ष ४२ हजार नयाँ क्षयरोगका बिरामीहरु थपिने गरेका छन् । क्षयरोग सन २०५० सम्ममा विश्वबाटै निर्मूल पार्ने योजना रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु