आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • काँग्रेस सभापति देउवाको उपस्थितिमा नेपाल दलित संघको प्रदेश नं १ स्तरीय अन्तरकृया कार्यक्रम
समाचार

काँग्रेस सभापति देउवाको उपस्थितिमा नेपाल दलित संघको प्रदेश नं १ स्तरीय अन्तरकृया कार्यक्रम


चैत ११,

सुनसरी  । ५६औं अन्तरास्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा नेपाल दलित संघ केन्द्रिय कार्यसमितिको आयोजनामा “समावेशी लोकतन्त्र र संबैधानिक व्यवस्था ” बिषयक १ नंबर प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम भएको छ | मिति २०७७ चैत १० गते  पहिलो दिन धरानस्थित चुम्लूङ्ग भवनमा सो कार्यक्रम सम्पन्न भएको हो |

नेपाली कांग्रेस पार्टीका सभापती एवम् पूर्व प्रधानमन्त्री सम्माननिय शेर बहादुर देउवाद्वारा सम्बोधन गरिएको यस कार्यक्रममा नेपाल दलित संघका केन्द्रिय अध्यक्ष एवम् पूर्व मन्त्री माननीय मीन बहादुर विस्वकर्माद्वारा कार्यक्रमबारे प्रष्ट पार्नु भएको थियो भने विभिन्न केन्द्रीयस्तरका नेताहरुको उपस्थितिमा भब्य रुपमा प्रदेश स्तारिया कार्यक्रम भएको थियो |
कार्यक्रममा विभिन्न पार्टीबाट पार्टित्याग गरि नेपाली कांग्रेसमा पार्टी प्रवेश समेत गरेका थिए | प्रमुख अतिथी देउवाको हातबाट दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरिएको थियो | कर्यक्रम संयोजक गोबिन्द विस्वकर्माले गरेका थिए भने नेपाल दलित संघ जिल्ला कार्यसमिती सुनसरीले   व्यवस्थापनमा गरेको थियो |

फेसबुक प्रतिक्रियाहरु