शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गोकर्णेश्वरका मेयर चालिसे चढेको गाडी ताप्लेजुङ्गमा दुर्घटना, काठमाडौँ आउदै
दुर्घटना/अपराध

गोकर्णेश्वरका मेयर चालिसे चढेको गाडी ताप्लेजुङ्गमा दुर्घटना, काठमाडौँ आउदै

फागुन १८,

काठमाडौं । काठमाडौँ  गोकर्णेश्वर नगरपालिकाका  प्रमुख  सन्तोष चालिसे  चढेको  गाडी ताप्लेजुङ्ग जिल्ला सुकेटार विमानस्थल नजिक आइतबार फागुन १६ गते दुर्घटनामा परेको थियो | विभिन्न प्रयोजनको लागि मेयर सन्तोष चालिसे सहित नगरपालिकाका प्रतिनिधि, वडाका प्रतिनिधीहरु भ्रमणमा गएका थिए |दुर्घटना सामान्य रहेको र सबै जना सकुशल रही आज काठमाडौँ  फर्कदै गरेको गोकर्नेश्वोर  नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले जुनेली न्युजलाई जानकारी दिए ।

दुर्घटनामा मानवीय क्षेती नभएको उनले बताए । मेयर चालिसे सकुशल छन् भने, कांग्रेस एकाई सभापति किरण विष्टलाइ सामान्य  चोट लागेको उनले बताए । घाईते विष्ट र वडाअधक्ष्य राम मानन्धरलाई  विराटनगर विमानस्थलबाट  काठमाडौँ पठाइएको थियो ।

मे १ ज २६३७ नम्बर को उक्त गाडीमा  मेयर  चालिसे, नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल,  सभापति किरण विष्ट सहित १० जना सवार थिए। बाक्लो हुस्सुको कारण गाडी दुर्घटनामा परेको थियो  । पाथिभरा दर्शन गर्न जाने क्रममा दुर्घटना पश्चात पनि मेयर सन्तोष चालिसे सहितको समूह  मन्दिर दर्शन गरेर फर्केका थिए |

फोटो : दिपक रिसालको फेसबुकबाट साभार 

फेसबुक प्रतिक्रियाहरु