बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्नु आजको आवश्यकता-कांग्रेस नेता सुनार
रामेछाप बिशेष

विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्नु आजको आवश्यकता-कांग्रेस नेता सुनार

फागुन १८,

काठमाडौं । नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष एवं नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि यूवा नेता राज सुनारले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्नु आजको आवश्यकता रहेको बताएका छन् । यसको लागि विद्यार्थीहरुले लगनशित बन्नु पर्ने उनको सुझाव छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका आरुबारीस्थित अरुनणोदय माध्यमिक विद्यालयमा मंगलबार नेपाल दलित विद्यार्थी संघको ईकाई कमिटी गठन कार्यक्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

इकाई गठन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सुनारले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्नका साथै विद्यार्थीमा पर्ने समस्याहरु न्युनिकरणका लागि विद्यार्थीहरु जागरुक बन्नु पर्नेमा जोड्दिए ।

उनले किताबी ज्ञान सहित अन्य खेलकुद्जस्ता पक्षमा पनि रुचि  हुनु पर्ने बताए । नेता सुनारले  विद्यार्थीहरुको हक र अधिकारका लागि आफू र आफ्नो संस्था सधैव तत्पर रहने प्रतिबद्धता ब्यक्त गरे ।

May be an image of 4 people, including BulBul Subash, people sitting and people standing

May be an image of text that says '"राष्ट्रियता" "लोकतन्त्र" "समाजवाद" "दलित विद्यार्थी एकता" नेपाल दलित विद्यार्थी संघ Nepal Dalit Student Association अरुणोदय मा.वि. स्कूल आरुबारी, काठमाडी इकाई समिति गठन कार्यक्रम मिति: २०७७।৭१।१९ समय: बिहान τ:00 बजे स्थान अरुणोदय मा. वि., आरुबारी'

फेसबुक प्रतिक्रियाहरु