बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मन्थलीमा राष्ट्रपति रनिङशिल् प्रतियोगिता सुरु (फोटोफिचर)
रामेछाप बिशेष

मन्थलीमा राष्ट्रपति रनिङशिल् प्रतियोगिता सुरु (फोटोफिचर)

फागुन ०७,

रामेछाप । रामेछापको मन्थली नगरपालिकामा राष्ट्रपति रनिङ्शिल् प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । नगरपालिकाका १४ वटै विद्लयका बिद्यार्थीहरुको सहभागितामा प्रतियोगिता सुरु भएको हो । खेल आगामी आइतबार समापन हुने छ । मन्थली माध्यमिक विद्यालयमा भलिबल, कबडी-कबडी, हाइजम्प, लम्लम्, सट्फूट, ज्यावलिङ् थ्रो लगाएतका खेलहरु हुने प्रतियोगितामा खेलाईने छ ।

कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले खेलकुद् राष्ट्रको गहना भएकाले अनुशासित् भएर खेल्नलाई बिद्यार्थीहरुलाई आग्रह गरे । उनले खेलकुद् र खेलाडीहरुलाई नगरपालिकाले आगामी दिनमा बजेटको ब्यवस्ता गर्ने प्रतिबद्धता जनाए । खेल सभ्य र शुस्कृत भएर खेल्नलाई उनले सबैलाई आग्रह गरे । त्यस्तै उनले नगरभित्रका सबै बिद्यालयहरुलाई यस्ता खेल कार्यक्रम र विद्यार्थीहरुको रुचीमा आधारित शिक्षा प्रदान गर्न आग्रह गरे ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले राष्ट्रपति रनिङल् प्रतियोगिता खेल क्षेत्रमा रुचि राख्न बिद्यार्थीहरुको लागि एक सूनौलो अवसरको रुपमा खेलाडीहरुले लिनू पर्ने बताए । उनले यो अवसरलाई विद्यार्थीहरुले सदुपयोग गरि आफ्नो ब्यक्तित्व विकासमा लागाउनु पर्नेमा जोड्दिए । तीन दिनसम्म हुने प्रतियोगितामा हार जितको लागि नभै आफ्नो क्षमता प्रर्दशनको लागि खेल्न खेलाडीहरुलाई उहाँले आग्रह गरे । प्रतियोगितामा मन्थली नगरपालिका भित्रका बिद्लयहरुका छात्रछात्राहरुको उल्लेखनिय सहभागिता छ । खेल सुरु हुनु भन्दा पहिले नगरपालिकाका सबै बिद्यालयहरुबाट आएका बिद्यार्थीहरुले आफ्नो बिद्यालयको ब्यानरहरुसहित मन्थली बजार परिक्रमा गरेका थिए ।

जिल्लाकै खाँडादेवी गाउँपालिकाका गत बुधबारदेखि प्रतियोगिता जारी छ ।

फोटो : मिलन घिमिरे/जुनेली

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु