शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • चट्यांङ्लागेर उमाकुंण्डमा ४ वर्षीय बालिका घाइते
दुर्घटना/अपराध

चट्यांङ्लागेर उमाकुंण्डमा ४ वर्षीय बालिका घाइते

फागुन ०८,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका ७ भुजीमा चट्याङ्मा परि बालिका घाइते भएकी छिन् । चट्याङ्मा पर्ने भुजी फास्टुस्थित् अम्बर बहादुर खड्काको छोरी ४ वर्षीय स्वस्तिका हुन् । खड्का आफ्नै घरमा बसिरहेको अबस्थामा अचानक परेको चट्याङले लागि घाईते भएको रामेछाप प्रहरीले जनाएको छ ।

उनलाई शुक्रबार साँझ ६ : ३० बजेको समयमा परेको चट्याङ्ले गाकेको थियो । चट्याङले लागेकी बालिकालाई स्वास्थ्य चौकी भुजी रामेछापमा उपचार पश्चात थप उपचारको लागि मन्थली ल्याईएको जिल्ला प्रहरीले जनाएको छ ।

उनको चट्याङ्मा परि बांया आँखा माथी निधारमा ‍सामान्य चोट,ठाउं-ठाउंमा कपाल जलेको घटनाको स्थलगत् अनुगमन गरि प्रहरीजे जनाएको छ । साथै चट्याङ्ले भुकम्प रहित घर र पुरानो घरको वाल चर्केको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु