शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपाल र चाइनिज ताइपेईबीचको खेल स्थगित
समाचार

नेपाल र चाइनिज ताइपेईबीचको खेल स्थगित

फागुन ७,
काठमाण्डाै । फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपाल र चाइनिज ताइपेईबीचको खेल स्थगित भएको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले नेपाल र चाइनिज ताइपेईबीच तय भएको खेल स्थगित भएको जनाएको छ ।

नेपालले दशरथ रङ्गशालामा आउँदाे मार्च २५ अर्थात् चैत १२ गते ताइपेईसँग खेल्ने तालिका रहेको थियो । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण खेल स्थगित भएको एएफसीले जनाएको छ ।

कतारमा सन् २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा हुने एसियन कप छनोटमा नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग खेल्न बाँकी रहेको छ । समूह ‘बी’ मा रहेको नेपालको पाँच खेलबाट तीन अङ्क छ ।

 

फेसबुक प्रतिक्रियाहरु