शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बेलायती राजकुमार ह्यारी दम्पतीको मान पदवी खारेज
समाचार

बेलायती राजकुमार ह्यारी दम्पतीको मान पदवी खारेज

फागुन ८,
काठमाण्डाै। बेलायती राजकुमार ह्यारी दम्पतीको मान पदवी खारेज भएको छ । बेलायतका महारानी एलिजावेथ द्वितीय राजकीय सदस्यबाट हटाउँदै राजकुमार ह्यारी र उहाँकी श्रीमती मेघन मर्केलको मान पदवी खारेज भएको घोषणा गरेकी हुन् ।

बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उहाँहरुको मान पदवी खारेज भएको घोषणा गरेको हो ।

मान पदवी खारेज भएको घोषणासँगै यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहनुभएकी राजकुमार ह्यारीकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्विकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो ।

केही महिना अगाडि उहाँहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरे पनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो । महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पतीसँग बेलायती राजपरिवारको अब राजनीतिक तथा सार्वजनिक सम्बन्ध नरहेको उल्लेख गर्नुभएको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राजपरिवारको सदस्यका रूपमा उहाँहरूको अब कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ । हलिउड अभिनेत्री मेघनसँगको प्रेम सम्बन्धलाई ह्यारीले वैवाहिक जीवनमा परिणत गरेकी हुन् ।

 

फेसबुक प्रतिक्रियाहरु