शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • आगोलागीमा परि ज्यान गुमाएकी शेर्पाको पीडित परिवारलाई प्रशासनद्वरा राहात प्रदान
रामेछाप बिशेष

आगोलागीमा परि ज्यान गुमाएकी शेर्पाको पीडित परिवारलाई प्रशासनद्वरा राहात प्रदान

माघ ३०,

रामेछाप । आगोलागीमा परि ज्यान गुमाएकी पासाङलेकी शेर्पाको परिवारलाई जिल्ला प्रशासन कार्यालय रामेछापले राहात प्रदान गरेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अर्जुन कुमार शर्मा (गुरागाई) सहितको टोलीले बिपद् ब्यबस्थापन कोषबाट दिनु पर्ने २ लाख रुपैयाँ मृत्क शेर्पाका छोरालाई उनकै घरमा पुगेर दिएको प्रजिअ शर्माले जुनेली न्युजलाई जानकारी दिए ।

गत सोमबार राति आगोलागीमा परि गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेकी ८० वर्षीय शेर्पाको जलेर ज्यान गएको थियो । आगोलागीमा २ घर जलेका थियो भने ४ लाख भन्दामाथिको खाद्यन्न जलेर नष्ट भएको पीडित परिवारले बताएको छ । त्यस्तै नगद ३ लाख रुपैयाँ पनि आगोलागीमा जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ । सो पीडित परिवारलाई शेर्पाको ज्यान गएकोमा २ लाख र घर जलेर नष्ट भएकोमा तत्काल विपद् कोषबाट दिनुपर्ने १५ हजार गरि २ लाख १५ हजार पीडित परिवारलाई हस्तान्तरण गरिएको प्रजिअ शर्मा (गुरागाई) ले बताए ।

उनकाअनुसार पीडित परिवारलाई ५ वटा ओड्ने बलाङ्केट्, भाडाकुडा, २ वटा त्रिपाल लगाएतका सामाग्री हस्तान्तरण गरिएको हो ।

राहात हस्तान्तरणमा प्रजिअ शर्मासहित जिल्ला प्रहरी प्रमुख नवराज ढुङ्गाना, सोही वडाका वडा अध्यक्ष शेखरमान श्रेष्ठसहितको टोली पुगेको थियो ।

फेसबुक प्रतिक्रियाहरु