शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बृहत जनसभाको शक्ति प्रर्दशन सहित पालिकामा गोविन्दा खड्काको पुःन ईन्ट्री
रामेछाप बिशेष

बृहत जनसभाको शक्ति प्रर्दशन सहित पालिकामा गोविन्दा खड्काको पुःन ईन्ट्री

माघ १८,

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका प्रमुख गोविन्द खड्काले पुःन कार्यकाल समहालेका छन् । दुई हजार भन्दाबढी स्थानीयहरुको उपस्थितिमा भव्य शक्ति प्रर्दशन सहित उनले आफ्नो कार्यकाल पुःन समहालेका हुन् । उनले आफ्नो शक्ति गाउँपालिकाको केन्द्र धोवीबजार सहितका बजारहरुमा विशाल जनसहभागिता गरेर आफ्नो शक्ति प्रर्दशन गरेका हुन । खड्का विभिन्न आरोपमा रामेछाप कारागारबाट धरौटीमा छुटेपछि आफ्नो कार्यकाल समहालेका हुन् ।

No description available.

तत्कालीन एमालेबाट निर्वाचित खड्कालाई यसअघि नेकपाले नेकपामा साधारण सदस्य समेत नगरहने गरि निलम्बन गरेको थियो । गाउँपालिकामा विद्युतीकरणमा १२ करोड ४४ लाखमाथि खर्च भएको पालिका अध्यक्ष खड्काले कार्यपालिका बैठकमा पेश गरेका थिए । गाउँपालिकाबाट विद्युतिकरण गर्दा तिर्नु पर्ने बाँकी ६ करोड ९५ लाख रकम थप विनियोजन गर्नु पर्ने माग अध्यक्षले राखेपछि कार्यपालिकाका बहुमत सदस्यले अनुगमन गरेर मात्रै थप भुक्तानी दिने अडान राखेका थिए ।

विद्युतीकरणको रकम भुक्तानीको खड्काको प्रस्तावमा असहमति जनाएपछि ७ नं वडाअध्यक्ष सुबास बोहोरा र तत्कालिन प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र राईमाथि कुर्सी प्रहार गरेको घटना सार्वजनिक भएको थियो । त्यस्तै पछिल्लो समय अध्यक्ष खड्काले व्यक्ति अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी आरोपमा पक्राउ परेका थिए । खड्कालाई गत साउन ३० गते रामेछाप प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत रामेछापले पूर्पक्षका लागि थुनापा पठाउने आदेश दिएर कारगार चलान भएका खड्कालाई उच्च अदालत पाटनले धरौटीमा छोड्ने आदेश दिएपछि खड्का जेल मुक्त भएका हुन् ।

अध्यक्ष खडका १० लाख ढरौटी बुझाएर रिहा भएका हुन् । सम्पत्ती शुद्धिकरण विभागले माग गरेको १० लाख ढरौटी बुझाएर खडका रिहा भएका हुन्  । उनले जिल्ला अदालत रामेछापमा ७ लाख ढरौटी बुझाएर थुनामुक्त भए  लगत्तै प्रहरीले पक्राउ गरेको थियो । सम्पत्ती शुद्धिकरणको मुद्दाको आधारमा पक्राउ परेका खडकालाई आइतवार जिल्ला प्रहरी कार्यालय रामेछापले ललितपुरस्थित सम्पत्ती शुद्धिकरण विभाग पुल्चोकमा बुझाएको थियो ।

सन्धित समाचार
हामी सरकार बाटै असुरक्षित भयौ : गाउँपालीका अध्यक्ष खड्का परिवार
समाचार टिप्पणी : गोबिन्द बहादुर, पार्टी र सरकार
ठगि गरेको आरोपमा रामेछापको लिखु तामाकोशी गाउँपालिकाका प्रमुख पक्राउ

No description available.

No description available.

No description available.

No description available.

No description available.फोटो मिलन घिमिरे/जुनेली न्यज ड्ट कम

फेसबुक प्रतिक्रियाहरु