शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार टिप्पणी : गोबिन्द बहादुर, पार्टी र सरकार
रामेछाप बिशेष

समाचार टिप्पणी : गोबिन्द बहादुर, पार्टी र सरकार

साउन ३१,

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्का पक्राउ परेको समाचार सार्वजनिक भएका छन् । उनलाई शुक्रबार प्रहरीले गाउँपालिका कार्यालय नजिकैबाट पक्राउ गरेको हो । पक्राउका लागि उनी माथि अभियोग छ – शरिर बन्धक वनाई जवरजस्ती चेकमा हस्ताक्षर गरेको मुद्धा ।
गत बर्ष पालिकाले विनीयोजन गरेको एउटा योजनाका उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङ्गले उनि विरुद्ध शरिर वन्धक वनाई जवरजस्ती चेकमा हस्ताक्षर गर्न लगाएको उजुरी दिएका थिए । प्रहरी भन्छ – त्यो र त्यस्तै प्रकृतिको अर्को मुद्धाका लागि उनलाई पक्राउ गरीएको हो । शरिर वन्धक मुद्धामा रामेछाप जिल्ला अदालतबाट शुक्रबारनै ७ दिनको म्याद थप गराई उनलाई प्रहरी हिरासतमा राखिएको छ भने अर्को मुद्धाको विषयमा प्रहरी अनुसन्धान हुने नहुने बाटो पहिल्याउदैछ ।

पक्राउ र हिरासतमा जानु विचको समयमा प्रहरीले गोबिन्दबहादुरलाई कसैसंग भेटन या उनका कुरा बोल्न दिएन । मेडिकल गराउदा, वकिल र अदालतको कोठामा पुग्दा उनले तत् तत् निकायमा आफ्ना कुरा राखेको वुझीएको छ । तर उनको कुरा कस्ले सुन्ने ? पक्राउ पर्ना साथै उनको फोन नियन्त्रणमा लिइएको थियो । त्यसैले फोनमा पनि कसैसंग उनले आफ्ना कुरा भन्न पाएनन् । आखिर प्रहरीको पञ्जामा परेपछि बहादुर गोबिन्द गले र भित्र गए ।

गोबिन्दवहादुर सरकार प्रमुख थिए । उनले यति सम्म होला भन्ने सोचेका थिएनन् । उनि प्राय अरु भन्दा माथिको कुरा गर्थे । स्थानीय सरकार उनको मुखमै झुण्डिएको थियो । सरकारले गरेपछि जे पनि हुन्छ भन्ने मान्यताले उनले काम गर्दैथिए । कतिपय अवस्थामा उनले संघीय सरकारका सुरक्षा अधिकारी कोहि होईनन् भन्न सम्म भ्याउथे । तर तिनै अधिकारीले उनीमाथि आँखा गाडे ।
गोबिन्दवहादुर नेपाली सेनामा थिए । सेनाको जागिर छोडेका उनि राप्रपा तिर आकर्षित भए । संविधानसभाको निर्वाचनमा उनि राप्रपाबाट रामेछापको १ नम्बर क्षेत्रको उम्मेदवार भए । त्यतिबेला अरुको भन्दा धेरै हाईदुवाई भएर चुनाव प्रचार गरे । गाडि, युवा, खर्चबर्चमा गोबिन्दबहादुरले अरुलाई उछिने । राप्रपाले चुनाव जित्ने कुरा थिएन । हारे र काठमाण्डौं तिरै गए । जिल्लामा वसेर सक्रिय राजनीति गरेनन् । काठमाण्डौंमा उनले व्यापार व्यवसाय थियो । त्यसैमा रमाएका थिए ।

स्थानीय निर्वाचनको चर्चा चुलिएपछि गोबिन्दवहादुर एकाएक चर्चामा आए । लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षको उम्मेदवारका लागि उनको नाम नेकपा एमालेबाट चर्चामा आयो । निर्वाचनको केहि समय अघि उनी नेकपामा प्रवेश गरेका थिए । पालिकामा पार्टी संगठन गरेका, त्याग गरेका, विगतको निर्वाचनमा विजयी भएका तत्कालिन अध्यक्षहरु पनि प्रत्यासि थिए । तर त्यसबेला पार्टीले जसरी पनि जित्नै पर्ने कुरामा जोड दियो र त्यसका लागि गोबिन्दवहादुर उपयुक्त पात्र हुन सक्छन् भनेर अघी सा¥यो । गोबिन्दबहादुर साहसी र पैसाको पर्वाह नगर्ने मान्छे भएकाले चुनाव जित्ने निश्कर्ष नेकपा एमालेले ग¥यो र टिकट उसैलाई थमायो । कतिपय कार्यकर्ताहरु दुखमनाउ गरेर वसे, कतिपयले त्यसैैलाई अवसरको रुपमा पनि लिए ।

चुनाव प्रचारमा गोबिन्दवहादुरले के गरे, के गरेनन् त्यो उनी संग प्रत्यक्ष हिड्नेलाई थाहा होला या चुनावमा प्रतिस्पर्धा गर्ने अरु पार्टीलाई । सबैलाई लतारेर पालिकाका ७ मध्ये ६ वटा अर्थात कुल प्रत्यक्ष निर्वाचित हुने पद ३७ मध्ये ३५ सिटमा नेकपा एमालेलाई उनले जिताए, त्यो पनि धेरै मतले । त्यसअघी काँग्रेसले जितेको वडामा धेरैले पछाडि पारे । काँग्रेसका जिल्ला नेतालाई वडा सदस्यमानै हराईदिए । माओवादीलाई तेश्रो त्यो पनि सानो घेरामा राखिदिए खड्काले । पार्टीमा हाईहाई भयो । गोबिन्दवहादुरले निर्वाचन जितेपछिको बिजय सभामा भने – अव लिखु तामाकोशी गाउँपालिकामा काँग्रेस भन्ने पार्टीको झण्डा गाडिदैन , जहाँ छन् ति उखेलिन्छ । त्यसबेलाको उन्मात थियो उनको र उनको पार्टीको ।

गोबिन्दबहादुर पालिकाको काम गर्न थाले । उनले चुनावी नारा वनाएका थिए – उज्यालो लिखु । तत्कालिन नागदह, विजुलीकोट, सैपु र दुरागाउँका बासिन्दा उनि निर्वाचीत हुदाका बखत सम्म टुकि बाल्थे । जताततै अध्यारो थियो । उनले पालिकाको नामबाट पोल झारे, ट्रान्सफरमर झारे, तार टाँग्न लगाए र मिटर जोड्न लगाए । यो कार्य गर्नका लागि कति पैसा लाग्छ ? श्रोत के हो ? कानुनी प्रकृया बोलपत्र हो या सिधै वजारबाट खरिद हो ? कस्ले गर्ने ? भन्ने जस्ता कुरामा उनि अल्झिएनन् । वजारमा कहाँ पाईन्छ भटाभट किने र झारे । विधि पुगेन, भुक्तानी गर्न सक्दिन भन्ने कार्यकारीलाई उनले ढोकाको चुकुल लगाएर थप्पड लगाएको चर्चा त्यसवेला चलेको थियो । कार्यकारी फेरीए, कर्मचारी वस्न मानेनन , जनप्रतिनिधिका विच बेमेल सुरु भयो तर खड्का लत्रिएनन् – पोल वोके, दुर्गम गाउँमै डेरा जमाएर वसे, जव विजुली बल्यो उनी फर्के ।

उनले चुनावि अभियान पुरा गरे । लिखु तामाकोशी उज्जालो भयो । त्यतिवेला सम्म गोबिन्दवहादुरको भावि दिन अध्यारो तिर धकेलिएको थियो । विद्युतकै बारेमा मुद्धा परीसकेका थिए । जनप्रतिनिधिका विच हात हालाहालको अवस्था थियो ।
अरु जनप्रतिनिधि भन्थे – गोबिन्दबहादुरले उज्यालो लिखुको नाममा करोडौं कमायो । मनलागि ग¥यो । पालिकाको पैसामा आफुले मात्र जस लिनका लागि गोबिन्दवहादुर खट्यो । कानुनको पालना गरेन । बोलपत्र आव्हान गराएर प्रतिस्पर्धा गराएन । कम्पनीबाट पनि नाफा कमायो । उपभोक्ता समितिको नाम राखेपनि काम गर्ने सवै आफै अघी स¥यो ।

हुन पनि गोबिन्दवहादुर कसैलाई टेरीरहनु पर्छ भन्दैनथे । उपाध्यक्ष दिपशिखा दाहाललाई भाडाको एउटा गाडि दिएका थिए । उनी पालिकाको काम र पार्टीको काममा विभिन्न गाउँमा पुग्दा अरु कार्यकर्ता बोकेर त्यहि गाडिमा कुद्थिन । खड्काले पालिकाको सरकारी गाडि चढ्थे । कानुनले विकास निर्माणको कामको अनुगमन गर्ने जिम्मेवारी उपाध्यक्षलाई दिएको थियो । अधिकांश योजनामा उनि पुग्थीन तर केहि योजनामा गोबिन्दवहादुरले मैले अनुगमन गरीहाँले नि भनेर उनको जिम्मेवारीलाई नजरअन्दाज गरिदिन्थे ।

कार्यपालिकाको वैठकमा सधैं उतार चढाव हुन थाल्यो । बैठकमा राम्ररी सवैले कुरा राख्न पाउदैनथे । खड्का आफ्ना कुरा जसरी पनि निर्णय गराउन खोज्थे, अरु मान्दैनथे । तर उनको अघी कसैको दम चल्दैनथ्यो । थर्काएर भएपनि सहि गराउथे र आफ्ना कुरा गराउथे – यो जनप्रतिनिधिकै मुखबाट सयौं पटक सुनिएको विषय हो । एउटा वैठकमा प्रहरी परिचालन गरेका थिए खड्काले । सहि नगर्नेलाई नियन्त्रणमा लिनका लागि इलाका प्रहरी कार्यालय धोबिका प्रहरीहरु पालिकाको बैठक कक्षमा सहि गराउदै हिडेका थिए ।

आर्थिक बर्ष २०७६÷०७७ को बार्षिक योजना वनाउन गाउँसभामा निती तथा कार्यक्रम पेश गरेपछि बजेट माथि छलफल सुरु भयो । उनले विद्युतीकरण र सडकका लागि त्यसअघीनै खर्च भएको ५ करोड ९५ लाख विनीयोजन गर्न माग गरे । उपाध्यक्ष लगाएतले योजना अनुगमन गरेपछि मात्र वास्तविक खर्च भएको रकम विनीयोजन गर्ने अडान राखे । कुरा मिलेन । कार्यपालिकाको वैठकमै कुर्चि उचालाउचाल भयो । बैठक भाँडियो । योजना पारित भएन । सवै तिरर वितर भए ।

खड्कालाई त्यसै वेला धम्कीको फोन आउन थाल्यो । २ करोड नदिए उनि र परिवारका सदस्यलाई मार्ने सम्मको धम्की दिने कुरा उनले पचाउन सकेनन् । त्यसको रेडर्क गरेर प्रहरीलाई वुझाए । काठमाण्डौंमा त्यहि अभियोगमा तिल्पुङ्ग घर भएका एकजनालाई प्रहरीले गोली हान्यो र नियन्त्रणमा लियो । अर्का एक व्यक्ती पनि पक्राउ परे । गोबिन्दवहादुर वहादुरले त्यहि मुद्धामा पालिकामा बजेट पास नगर्ने उप प्रमुख दिपशिखा दाहाल, ७ नम्बर वडाका वडा अध्यक्ष सुबास बोहोरा र माओवादीबाट पालिकामा अध्यक्षको उम्मेदवारी ध्रव कार्की समेतलाई उक्त घटनामा सम्लग्न रहेको भन्दै फौजदारी अभियोग लगाई किटानी जाहेरी दिए । उक्त मुद्धा काठमाण्डौं जिल्ला अदालतमा विचाराधिन अवस्थामा छ । तिनै जना धरौटीमा छुटेका छन् ।

धेरैलाई लाग्यो गोबिन्दवहादुर खड्काले फौजदारी मुद्धामा अरु जनप्रतिनिधिलाई फसाउने उद्धेश्यले नाम पोले । पार्टीले त्यहि भन्यो । पार्टी कमिटीले छानविन समिति वनायो । बैठकहरु भए । प्रदेश कमिटीले गोबिन्दवहादुरले पार्टी सदस्य र जननिर्वाचित प्रतिनिधिलाईनै फसाउन फौजदारी अभियोग लगाई मुद्धा दायर गरेको भन्दै उनलाई निलम्बन ग¥यो । जिल्लाले त्यसैलाई सदर ग¥यो । यस विचमा झण्डै १० महिना वितीसकेका थिए । पालिका ठप्प थियो । लेखा परिक्षण लगाएतका कार्य भएका थिएनन् । वजेट र कार्यक्रमको कुरै छाड्यौं, पालिकाका बासिन्दाले औषधि पाएका थिएनन्, कर्मचारीले तलव पाएनन् , वुढाबुढीले भत्ता पाएनन् । लेखा र प्रमुख प्रशासकिय अधिकृत आउदै हिड्दै गरे । सामान्य पत्राचारको भरमा पालिका वस्यो ।

संघीय सांसद श्यामकुमार श्रेष्ठ लगाएतको अग्रसरतामा जिल्ला समन्वय समितिको वैठकमा संवादको बातावरण वन्यो । एक अर्काको आँखामा नहेरीकन जनप्रतिनिधिले वजेट विनीयोजन गरे । २ महिनामा थोरै भएपनि काम भयो । त्यो आर्थिक बर्ष सकियो । आर्थिक बर्ष ०७७।०७८ का लागि नियमित गाउँसभा भयो । वजेट र कार्यक्रम भए । उपाध्यक्ष र अध्यक्ष विच वोलचाल नभएपनि कार्यक्रम भयो । सहमतिकै आधारमा निती तथा कार्यक्रम र वजेट आयो । पालिका केहि सहज ढंगले चल्न थाल्यो ।

यस विचमा नेकपाले खड्काको निलम्बन फुकुवा गरेन । अदालतको मुद्धा सकिएन । जनप्रतिनिधिहरु उस्का कमिकमजोरी खोज्दै हिड्न थाले । खड्का भने का“ग्रेसलाई राम्रो देख्न थाले । कान्छारामलाई जिल्लाकै राम्रो मान्छे भनेर पार्टीकै नेताको अघी अभिव्यक्ती दिन थाले । जुनकुरा नेकपाका नेतालाई पच्न सकेन । पालिकाबाट नियुक्त हुने पदहरु र विद्यालयहरुमा काँग्रेसीले पनि अचम्म लाग्दो गरी ठाउँ पाउन थाले । उपभोक्ता समितिमा काँग्रेस वस्दा पनि उनले बात लाग्ने कुरा गरेनन् । निर्वाचित हुदा काँग्रेसको झण्डा गाउँपालिकामा नराख्ने घोषणा गरेका खड्काकै सामुन्ने काँग्रेसले धोविमा कार्यक्रम राख्न थाल्यो । हुदाँ हुदा खिर खाने कार्यक्रम पनि यो बर्ष काँग्रेसले धोविमानै राख्यो । त्यसबेला धोविमा पुगेका काँग्रेसका नेताहरुले खड्कालाई महत्व दिएर भेटघाट गरे । सभामा उनलाई ल्याउने सम्मको चर्चा भयो ।
त्यस्तो काममा खड्का लागिरहेको नेकपाका नेताहरुले नियालीरहेका थिए । एकातिर मुद्धाको फैसला नभएको अवस्था, अर्कोतिर पार्टीको निलम्बन फुकुवा नभएको अवस्थामा खड्कालाई त्यतिकै छाड्नु भनेको काँग्रेस बढाउनु हो भन्ने निष्कर्षमा नेकपाका नेता र जनप्रतिनिधि पुगेको हुनुपर्छ । पालिकाको बाँकी अवधि पनि खड्कालाई यसैगरी काम गर्ने ठाउँ दिनु भनेको नेकपालाई घाटा हुनु हो भन्ने कुरामा एकमत भएका नेकपाका नेता तथा कार्यकर्ताले यहि सानो मौका छोेपे र खड्कालाई खोरको बाटो देखाए ।

खड्कालाई आफुलाई सरकार भन्थे । हुनपनि राज्यले जिल्लाका प्रमुख जिल्ला अधिकारी भन्दा माथिको प्रोेटोकल पालिकाका अध्यक्षलाई दिएको छ । त्यसै त गोबिन्दवहादुर, त्यसमाथि हाई प्रोफाईलको प्रोटोकल पाएपछि संघीय सरकारको जिल्लाको प्रमुख र सुरक्षा निकायलाई उनि गन्दैनथे । मै हो सरकार, मैले भनेपछि सरकारले भनेको हो भन्दै काम गर्ने खड्काको स्वभाव थितिमा काम गर्नेका लागि पचिरहेको थिएन । उनि बोल्दै गर्दा सिमा नाघेर वोल्थे । अरु कोहि होईनन् , मैले भनेपछि मेरो पालिकाका भै हाल्छ भन्ने उनको तर्क हुन्थ्यो । कार्यकारी र लेखाका कर्मचारीलाई उनी यहि शैलिमा हकार्थे । विधि, कानुन, कार्यविधि, निती , परिपत्र लगाएतको कुरामा उनि वास्ता गर्दैनथे । पछिल्लो अवधिमा मात्र केहि कानुन र कार्यविधि लिखुले वनाएको थियो । गएको गाउँसभामा खड्काले भनेका थिए – विगतमा मलाई मै कानुन जस्ता लाग्थ्यो, विधि पुगेनन् होला, गल्ति भयो, अव विधि, पद्धति र कानुन भन्दा बाहिर गएर मरेपनि सहि गर्दिन । उनलाई के पनि थाहा थियो भने – उनी सगैं अरु धेरै जनप्रतिनिधिले त्यस अघी सेटिंगमा काम गरेका थिए । मन मिलुन्जेल जस्तो पनि काम गरेका र गराएका खड्काले विगत विर्सीसकेका थिएनन् । आदत सजिलै काँहा जान्छ र ?

यस विचमा उनलाई अनेकौं मुद्धा लागे । सडक निर्माण देखि जवरजस्ती कागजमा हस्ताक्षर गराएका मुद्धामा गोबिन्दवहादुरले राज्यका न्यायीक निकाय धाए । पक्राउ पर्नु २ दिन अघी पनि उनि मुद्धाकै सिलसिलामा काठमाण्डौं पुगेर फर्केका थिए । यता लिखु तामाकोशी गाउँपालिका हुदै लिखु ४ र ३ जलविद्युत योजनाका लागि सामाग्री ओसार्ने गाडिलाई उनले गुड्न नदिने पत्र काटेका थिए । सडक विगारेको तर मर्मत नगरेको भन्दै विद्युत आयोजनाका गाडि रोकेपछि प्रशासनले पालिकालाई पत्र काटेर विद्युत आयोजनाका गाडि नरोक्न भनेको थियो । जुन कुरालाई खड्काले स्थानीय सरकारलाई हेपेको भन्ने अर्थमा वुझेका थिए । उनले पत्रकार वोलाए , बाटो देखाए र आफ्नो कुरा न्यायोचित वनाउन खोजेका थिए, अफसोच टेलिभिजनको पर्दामा बाटो र खड्का नदेखिदै प्रहरीले उनलाई च्याप्प पा¥यो । सरकार प्रमुख मै हुँ भन्ने उनलाई कानुन, सेना, प्रहरी र बन्दुक भएको सरकारले हतकडि लगाईदियो ।

प्रशासनले चाहेको भए गोबिन्दवहादुर विरुद्ध परेको जाहेरीमा एक पटक दुवै पक्षलाई बोलाएर छलफल गराउन सक्थ्यो । जिल्लामा यस्ता धेरै मुद्धा छलफलबाटै टुंगिएका पनि नदेखिएको हैन् । एकातिर मुद्धावाल र सत्तारुढ दलको दवाव अर्कातिर को हो सिडियो र डिएसपि ? भनेर आफ्नै विरुद्ध फलाक्न थालेपछि प्रहरी प्रशासनले मुद्धाको विषयमा दुई पक्षलाई छलफल राखेर समाधान निकाल्न तिर भन्दा पनि सरकारवादी मुद्धामा गोबिन्दवहादुरको नाम नेपाली काजगमा देख्न चाह्यो । जुन कागजमा लेखिएको कुराको टुंगो अब न्यायालयबाट लाग्नेछ । file Photo

फेसबुक प्रतिक्रियाहरु