बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रामेछाप प्रहरीद्वरा थप तीन वटा डमी ट्राफिक प्रहरी
दुर्घटना/अपराध

रामेछाप प्रहरीद्वरा थप तीन वटा डमी ट्राफिक प्रहरी

माघ १८

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले डमी ट्राफिक प्रहरी पुःन थप गरेको छ । आइरबार प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले मन्थलीस्थि देवकोटा चोकमा डमी ट्राफिक प्रहरीको शुभारम्भ गरेका हुन् । यसअघि तत्कालिन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख रहदा पनि जिल्लामा डमी ट्राफिक प्रहरी प्रयोगमा ल्याईएको थियो ।

त्यसले सवारी चालकहरुलाई ट्राफिक प्रहरीको सेवामा थप सहयोग पुगेको निश्कर्षसहित पुःन अहिले तीन वटा डमी थप गरिएको जिल्ला प्रहरी प्रमुख नवराज ढुङ्गानाले जुनेली न्युजलाई जानकारी दिए । उनले भने-हामीले आज थप तीन वटा डमी प्रमुख जिल्ला अधिकारी ज्यूबाट शुभारम्भ गरेका छौं । बसपार्क, देवकोटा चोकमा यसको प्रयोग गरिने छ । योदेखेर चालकहरु प्रहरी रहेछ भन्ने अनुभन हुनेर चालक सचेत हुन् भन्ने उदेश्यले प्रयोगमा ल्याएको बताए ।

यो डमी प्रहरी कार्यालय रामेछाप तथा जिल्ला प्रहरी कार्यालय रामेछापको समन्वयमा सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले राखिएको हो भने । त्यस्तै आजनै प्रहरी प्रमुख ढङ्गानाको नेतृत्वमा प्रत्येक सवारी साधनमा डस्टविन राखौ र जथाभावी फोहोर नफालौ भनी जनचेतनामुलक कार्यक्रम पनि गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु