शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मन्थली नगरपालिका भित्रका ४९ वटा सहकारी हटाइदै छ- प्रमुख बस्नेत
रामेछाप बिशेष

मन्थली नगरपालिका भित्रका ४९ वटा सहकारी हटाइदै छ- प्रमुख बस्नेत

माघ १८,

रामेछाप । रामेछापको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले झोले सहकारीहरुको अन्त्य गर्ने बताएका छन् । कृषि क्षेत्रको विकास गर्न सकेमात्रै नगरको विकास गर्न सकिने उनको भनाई छ ।

आइतबार जेसिज रामेछापले आयोजना गरेको एक दिने ब्यवसायीकता तालिम तथा रि इन्जिनेरिङ् बिज्नेस् कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने-कृषि क्षेत्रमा आधुनिकिकरण, पशुपलानामा ब्यवसायीकिकरण गरेर, मानसिकता परिवर्तन गरेर, युवाहरुको ब्यवसायीक बनेर मात्रै हाम्रो विकास गर्न सकिन्छ भने । उनले रामेछापमा जिल्ला मासु आयात गर्दैनौ, दुध आयात गर्दैनौं भने ।

उनले ब्यवसायीक गर्नु राम्रो भएको भन्दै नगरभित्र संचालित सहकारीहरु झोले भएको र ग्राहकबाट पैसासंकलन गरेर जनतालाई झुक्याउने काम मात्रै गर्न लागि परेको भन्दै अबदेखि झोले सहकारीहरु छानिछानी अन्त्य गर्दैछौं भने । नगरभित्रका १०९ वटा सहकारी रहेको भन्दै ४९ वटा सहकारी झोले भएकाले ती सहकारीहरु अन्त्य गर्ने भने । दिर्घकालीन योजना बनाएर काम गर्न सकेमात्रै हाम्रो समग्र विकास हुन सक्ने बताए । उनले युवाहरु अनुदान लिन मात्रै ब्यापार देखाउने गरेकाले अनुदान दिने नीति परिवर्तन गर्ने बताए । उनले उधम गर्नेहरुको लागि नगरपालिकाले आर्थिक सहयोग जिम्मालिने बताए ।

त्यस्तै रामेछाप उधोग वाणिज्य संघका अध्यक्ष केशव घिमिरेले ब्यवसायीकहरुको हितमा जेसिजले तालिम संचालन गरेर प्रशंसनिय काम गरेको भन्दै आगामी दिनमा यस्ता तालिम आठवटै स्थानी तह सम्म पुर्याउन सुझाव दिए ।

फेसबुक प्रतिक्रियाहरु