शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जेसिज रामेछापद्वरा मन्थलीमा एक दिने ब्यवसायीकता तालिम संचालन
रामेछाप बिशेष

जेसिज रामेछापद्वरा मन्थलीमा एक दिने ब्यवसायीकता तालिम संचालन

माघ १८,

रामेछाप । जेसिज रामेछापले एक दिने ब्यवसायीकता तालिम तथा रि इन्जिनेरिङ् बिज्नेस् कार्यक्रम सम्पन्न गरेको छ ।

उधोग वाणिज्य संघ रामेछापसंगको समन्वयमा जेसिजले जिल्ला सदरमुकाम मन्थलीमा तालिम संचालन गरेको हो । आइतबार मन्थलीमा संचालित तालिममा ६७ जनाले सहभागिता जनाएका छन् । उनीहरुलाई ब्यवसायीकामा सफल हुनको लागि काठमाडौंबाट आएका प्रशिक्षकले प्रशिक्षण गराएका छन् ।

कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत, रामेछाप उधोग वाणिज्य संघका अध्यक्ष केशव घिमिरे, निवर्तमान अध्यक्ष श्याम थापा, जेसिजका प्रमुख तथा प्रतिनिधि, ब्यवसायी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

तालिम कार्यक्रमलाई जिल्लामा ब्यवसायीकताहरुको हितको लागि संचालन गरेको जेसिजका जिल्ला अध्यक्ष जीवन कार्कीले बताए ।

कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरुलाई मायाँको चिनोसहित सम्मान गरिएको थियो ।

फोटो मिलन घिमिरे/जुनेली न्युज

फेसबुक प्रतिक्रियाहरु