शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ठगि गरेको आरोपमा रामेछापको लिखु तामाकोशी गाउँपालिकाका प्रमुख पक्राउ
रामेछाप बिशेष

ठगि गरेको आरोपमा रामेछापको लिखु तामाकोशी गाउँपालिकाका प्रमुख पक्राउ

साउन ३०,

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का पक्राउ परेका छन् । उनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय रामेछापले समातेको  जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख वसन्त पाठकले जानकारी दिए । उनलाई सदरमुकाम मन्थलीमैबाटै प्रहरीले पक्रेको हो ।

गाउँपालिकाद्धारा सञ्चालीत विकास निर्माण योजनमा स्थानीय उपभोक्ता समितिको पदाधिकारीलाई बन्धक बनाएर खाली चोकमा हस्तारक्ष गर्न लगाएको र ठगी गरेको अभियोगमा अध्यक्ष खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय उपभोक्ता समिति र गाउँपालका अध्यक्ष खड्काबाट ठगिएका ब्यक्तिहरुको उजुरीको आधारमा पक्राउ गरिएको रामेछापको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए । अध्यक्ष खड्कालाई प्रहरीले सदरमुकाम मन्थलीबाट पक्राउ गरेको हो ।

गाउँपालिका अध्यक्ष खड्का विरुद्ध, ठगी गरेका, शरीर बन्धक गराएको र स्थानीय उपभोक्तालाई धम्की दिएको भनि तीन वटा उजुरीहरु परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । फोटो : निजको फेस्बुकबाट

फेसबुक प्रतिक्रियाहरु