शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • लैङ्गिक हिंसा अन्त्य विरुद्धको दिवस : ३६५ दिनै अभियानको रुपमा मनाउनू पर्ने अभियान्ताहरुको निष्कर्श
रामेछाप बिशेष

लैङ्गिक हिंसा अन्त्य विरुद्धको दिवस : ३६५ दिनै अभियानको रुपमा मनाउनू पर्ने अभियान्ताहरुको निष्कर्श

पुष ०४,

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा १६ दिने लैङ्गिक हिंसा अन्त्य बिरुद्ध मनाईएको १६ दिने अभियानको समिक्षात्मक कार्याक्रम गरिएको छ ।

जिल्लामा अन्तराष्ट्रिय लैङ्गिक हिंसा अन्त्य बिरुद्धको दिवास विभिन्न कार्यक्रम गरी १६ दिन जिल्लाका आठै वटा स्थानीय तहले गरेका थिए । ती कार्यक्रमबाट के उपलब्धी भए र आगामी दिनमा के गर्न सकेमा हिंसा न्युनिकरणको लागि सहयोग पुग्छ भन्ने उदेश्यले एड्भोकेसी फोरम नेपालले आयोजना गरेको लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः ब्यक्ति समाज र सबैको ऐकेबद्धता बन्ने नाराको समिक्षा गरिएको हो ।

कार्याक्रममा मानवअधिकारकर्मी, महिला अभियान्ता, अधिकारकर्मी, संचारकर्मी, पत्रकार, महिला विभागका कर्मचारी, शाखा प्रमुख, कानुनसम्बद्ध ब्यक्तहरुको सहभागिता रहेको थियो । उनीहरुले महिला हिंसा अन्त्य बिरुद्धको अभियान मनाउदै गर्दा समेत जिल्लाका विभिन्न ठाउँमा हिंसा भएको भन्दै जनचेतनाको कमीले हिंसा हुने गरेको बताए ।

सामूहिक छलफलको रुपमा भएको कार्यक्रममा बक्ताहरुले विगतको तुलनामा हिंसा महिला मात्रै नभएर पुरुषहरु पनि पीडित हुने गरेको बताए । हिंसाको प्रकृति परिवर्तनको चरणमा रहेको बताए । उनीहरुले लुकेर रहेका हिंसाहरुलाई बाहिर ल्याउने प्रक्रिया अघि बढ्उनू पर्ने भन्दै संचारमाध्यमको उचित प्रयोग गरी जनचेतना अभिवृद्धि गर्नु पर्नेमा जोड्दिएका छन् ।

आगामी दिनमा योजना बद्द तरिकाले कार्यागर्न जरुरी रहेको भन्दै हिंसा न्युनिकरणको लागि १६ दिने अभियानले मात्रै नपुग्ने बताए । ३६५ दिनलाई नै हिंसा अन्त्य बिरुद्धको दिवसको रुपमा मनाउन आह्वन गरेका छन् ।

https://www.facebook.com/ghimimiremilan2018/videos/2713134129001605

फेसबुक प्रतिक्रियाहरु