बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नायिका एलिजा गौतमले ७७ वटै जिल्लामा गरिबहरुलाई १०-१० वटा घर बनाइदिने
चलचित्र

नायिका एलिजा गौतमले ७७ वटै जिल्लामा गरिबहरुलाई १०-१० वटा घर बनाइदिने

पुष ०२,

काठमाडौं । चर्चित पत्रकार ऋषि धमालाकी पत्नि तथा नायिका एलिजा गौतमले ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट बस्तिमा घरबनाउने भएकी छन् ।

बुधबार सामाजिक संजाल फेस्बुक मार्फत नायिका गौतमले यस्तो जानकारी दिएका छन् । गौतमले गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा १०-१० वटा घरहरु निर्माण गर्ने  उल्लेख गरेकी हुन् ।

उनले सामाजिक कार्य गर्ने उद्देश्यले स्थापना गरेको एलिजा फाउण्डेशनले छिट्टै काम सुरु गर्ने बताएकी छन् । उनले आफ्नो जन्म दिनको उपलक्षमा  दुखि गरिबहरुको लागि घर बनाईदिने उल्लेख गरेकी हुन् ।

गौतम पछिल्लो समयमा म्युजिक भिडियोमा ब्यस्त मोडल हुन् । उनले विपद्का समयमा देशका विभिन्न ठाउँमा सहयोग गर्दै आएकी छिन् ।

फेसबुक प्रतिक्रियाहरु