शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • माघबाट ‘कमेडी च्याम्पियन सिजन-२
चलचित्र

माघबाट ‘कमेडी च्याम्पियन सिजन-२

पुष ०२,

काठमाडौं । रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ आउँदो माघबाट प्रसारणमा आउने भएको छ । स्ट्याण्ड–अप कमेडीमा आधारित यो रियालिटी शोका निर्देशक विशाल भण्डारी रहेका छन् ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने शोको अहिले अडिसन चरणको छायाँंकन सुरु भएको छ । कार्यक्रममा सहभागिता जनाउनका लागि ६ हजार भन्दा बढी सहभागीले अनलाइनमार्फत डिजिटल अडिसन दिएको निर्देशक भण्डारीले जानकारी दिए ।

डिजिटल अडिसनका लागि प्राप्त भिडियाको प्रारम्भिक मूल्यांकनपछि १ सय ८० जना प्रतिस्पर्धीहरुलाई सामाजिक दुरी पालना गर्दै भौतिक अडिसनका लागि बोलाइएको छ ।  पुस १ गते बुधवारदेखि सुरु भएको अडिसन शनिवारसम्म चल्नेछ ।

अघिल्लो सिजनकै निर्णायकहरु सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई तथा ऋचा शर्मा नै यो सिजनमा पनि निर्णायकको रुपमा रहेका छन् । केकी अधिकारी निर्माता रहेको यो कार्यक्रम रीमा विश्वकर्मा होस्ट रहेकी छिन् ।

Image may contain: 7 people, people standing and indoor

फेसबुक प्रतिक्रियाहरु