शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रधानमन्त्री ओलीद्वरा संवैधानिक परिषद्को बैठक ५ बजे र मन्त्रिपरिषद् बैठक ६ आह्वन
समाचार

प्रधानमन्त्री ओलीद्वरा संवैधानिक परिषद्को बैठक ५ बजे र मन्त्रिपरिषद् बैठक ६ आह्वन

पुष ०२,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद्को बैठक र संवैधानिक परिषदको बोलाएका छन् ।

बिहिबार साँझा ६ बजे प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटरमा मन्त्रिपरिषद बैठक र ५ बजे संवैधानिक बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

ओलीले प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई साँझ ५ बजे बैठकमा बोलाएको ती नेताले बताए । देउवा भने ठकमा नजाने बुझिएको छ ।

मंलबार सरकारको सिफारिसमा राष्ट्रपति विधा देवी भण्डारीले संवैधानीक अध्यादेश जारी गरेपछि चौतर्फि विरोध भएपछि २४ घण्टा नवित्यदै ओलीले अध्यादेश फिर्ता लिने सहमति गरेका थिए ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् । परिषदले विभिन्न संवैधानिक अंगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने गर्छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु