शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • दिनेश खड्कालाई तत्काल विना शर्त रिहा गर् नत्र, बिरोध गर्छौं-तरुण सचिव कार्की
रामेछाप बिशेष

दिनेश खड्कालाई तत्काल विना शर्त रिहा गर् नत्र, बिरोध गर्छौं-तरुण सचिव कार्की

मंसिर २९,

रामेछाप । नेपाल तरुण दल रामेछापका जिल्ला सचिव जीवन कार्कीले काजीबहादुर खड्का (दिनेश) लाई तत्काल बिना शर्त रिहा गर्न माग गरेका छन् ।

सोमबार कांग्रेसको देशब्यापी पर्दशनलाई रामेछापको मन्थलीमा सम्बोधन गर्दै सचिव कार्कीले गोकुलगँगा गाउँपालिका वडा नं ५ नामाडी घट्ना प्रकरणमा मुछिएका देशनलाई तत्काल विना शर्त रिहा गर्न माग गरे ।

उनले भने हाम्रा अध्यक्ष दिनेश खड्का सहित तीन जना नेताहरुलाई बिना शर्त रिहा जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासन, कम्युनिष्ट सरकारले षड्यन्त्र पूर्ण रुपमा ज्यान मार्ने उधोगमा दर्ता गरेको मुद्धा फिर्ता लिनू पर्छ । हाम्रा अध्यक्ष खड्कासहितका साथीहरु रिहा गर्नुपर्छ नत्र हामी बिरोध र धर्ना लगाएतका क्रार्याक्रम बाहिर ल्याउने छौं, चुनौती दिन्छौं ।

फेसबुक प्रतिक्रियाहरु