सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • तरुण जिल्ला अध्यक्षलाई पक्राउ गर्न जिल्ला अदालत रामेछापद्वरा पक्राउ पूर्जी जारी
दुर्घटना/अपराध

तरुण जिल्ला अध्यक्षलाई पक्राउ गर्न जिल्ला अदालत रामेछापद्वरा पक्राउ पूर्जी जारी

मंसिर २६,

रामेछाप । नेपाल तरुण दल रामेछापका जिल्ला अध्यक्ष काजीबहादुर खड्का (दिनेश) लाई पक्राउ गर्न जिल्ला अदातल रामेछापले पक्राउ पूर्जी जारी गरेको छ ।

गोकुलगंगा गाउँपालिकाको वडा नं ५ नामाडी घट्ना पक्ररणमा उनलाई पक्राउ गर्न पुर्जी जारी भएको हो । गत मंसिर ३ गते भएको घट्नामा सोही ठाउँका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट देवराज खड्काको टाउकोमा चोटलागेपछि देवराजले जिल्ला प्रहरी कार्यालय रामेछापमा ज्यान मार्ने उधोगमा मुद्धा दर्ता गरेका थिए ।

सोही घटनालाई लिएर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी वसन्त पाठकले जानकारी दिए ।

घटनालाई लिएर देवराजले तीन जना विरुद्ध मुद्धा दर्ता गरेका हुन् । नेपाली कांग्रेस रामेछाप, नेपाल तरुण दल रामेछाप, गाउँपालिका तरुणहरुले भने आफ्ना नेताबाट कुनै गल्ति नभएको तर राजनीतिक पूर्वाग्रहले आरोप लगाएको बताउदै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु