बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आफ्ना अध्यक्षमाथिको आरोप सड्यन्त्र पूर्वक लागाईएको हो, प्रहरीले जाहेरी फिर्ता लिनु पर्छ-तरुण रामेछाप
रामेछाप बिशेष

आफ्ना अध्यक्षमाथिको आरोप सड्यन्त्र पूर्वक लागाईएको हो, प्रहरीले जाहेरी फिर्ता लिनु पर्छ-तरुण रामेछाप

मंसिर ०४

रामेछाप । नेपाल तरुण दल जिल्ला कार्यसमिति रामेछापले आफ्ना जिल्ला अध्यक्षमाथि लगाईएको ज्यान मार्ने मुद्धा फिर्ता लिन माग गरेको छ । बिहिबार रामेछापको सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली कांग्रेसको भातृ संस्था तरुण दलले आफ्ना जिल्ला अध्यक्ष काजीबहादुर खड्का दिनेशमाथि लगाईएको ज्यान मार्ने उद्योगको मुद्धा जिल्ला प्रहरी कार्यालय रामेछापले फिर्ता लिनुपर्ने माग गरेको हो ।

केही दिन अघि बागमती प्रदेश सरकारको बजेटमा निर्माणाधिन ‘बासे सड्क’ निर्माणको विषयमा विवाद् हुँदा गोकुलगंगा गाउँपालिका वडा नं ५ का देवराज खड्काको टाउकोमा चोट् लागेको थियो । उनले आफ्नो ज्यान लिने नियत्ने तरूण दलका अध्यक्षसहितको मिलोमतोमा आफूमाथि हमाला भएको भन्दै तीन जना विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा मुद्धा दर्ता गराएका छन् । उनले खड्कासहित दिपक खड्का र सुमन खड्का विरुद्धा मुद्धा दर्ता गराएका हुन् ।

जिल्ला प्रहरीले पीडितले दिएको किटानी जाहेरीको आधारमा तीनै जनालाई पक्राउ गरेर आवश्यक प्रक्रिया अगाडि बढाउने बताएको छ ।

यसैसम्बन्धमा तरुण दलले पत्रकार सम्मेलनको आयोजना गरी प्रेस विज्ञप्ति मार्फत आफ्ना अध्यक्षमाथि नियत् बस आरोप लगाएको ठहर गरेको छ । उसले घटना बाहिर ल्याएको जस्तो नभएको जिकिर गर्दै घटनलाई तोडमोड गरी राजनीतिक प्रतिशोध साँध्ने र पूर्वग्राही ढंगले बदनियत तरवारले आरोप लगाएको उल्लेख गरेको छ ।

तरुण दलले घटनाको आरोप लगाउन प्रहरीको समेत मिलोमतो भएको उल्लेख गरेको छ । उसले सत्ता र शक्तिको आड्मा यस्ता घटना नगरोकिए तरुण दल चुप लागेर नबस्ने पनि चेतावनी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु