शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • नामाडी घट्ना प्रकरण : सुमन खड्का खिम्तीबाट प्रहरी नियन्त्रणमा
रामेछाप बिशेष

नामाडी घट्ना प्रकरण : सुमन खड्का खिम्तीबाट प्रहरी नियन्त्रणमा

मंसिर १८, फाइल फोटो/संकेतिक

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं-५ नामाडीमा भएको कुट्पिटको घटनामा संलगन भएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अन्दाजी २६/२७ वर्षीय सुमन खड्का रहेका छन्  । उनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत मंसिर ३ ते भएको कुटपिटको घटनामा संलग्न भएको उजुरीको आधारमा खडकालाई प्रहरीले पक्राउ गरेको रामेछाप प्रहरीका प्रमुख डीएसपी वसन्त पाठकले जुनेली न्युजलाई बताए । उनले भने-हामीले घटनामा संलग्न सुमन खड्कलाई पक्राउ गरेका छौं, उनलाई वेदराज खडकाको किटानी जाहेरीको आदआरमा पक्राउ गरिएको हो, दुई जना आझै फरार रहेका छन् । उनीहरुको खोजी कार्य जारी छ । सुमनलाई खिम्तीबाट पक्राउ गरिएको हो भने ।

नेपाली कांग्रेस रामेछाप, नेपाल तरुण दल रामेछापले आफ्ना कार्यकर्ताबाट कुनै गल्ती नभएको बताउदै आएको छ ।

नामाडीमा भएको घटनामा वेदराज खड्काको टाउकोका चोट लागेको थियो । उनलाई आक्रमण गरेको आरोपमा रामेछाप तरुण दलका अध्यक्ष काजीबहादुर खड्का (दिनेश), दीपक खडका र सुमन खडकाको विरुद्ध ज्यान मार्ने उधोगमा मुद्धा दर्ता गरिएको छ ।

डीएसपी पाठकका उनका अनुसार पक्राउ परेका खडकालाई थप ७ दिनको लागि अदालतबाट म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु