आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • आज अन्तर्राष्ट्रिय अपाङ्ग दिवस : अपाङ्गहरुको अन्तरनिहित क्षमताको सदुपयोग गर्न सक्नु पर्छ- कांग्रेस
समाचार

आज अन्तर्राष्ट्रिय अपाङ्ग दिवस : अपाङ्गहरुको अन्तरनिहित क्षमताको सदुपयोग गर्न सक्नु पर्छ- कांग्रेस

मंसिर १८,

काठमाडौं । आज अन्तर्राष्ट्रिय अपाङ्ग दिवस । संयुक्त राष्ट्र संघले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिहरुको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रिय रुपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ ।

सोही अवसरमा नेपाली कांग्रेसले शुभकामना जारी गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अपाङ्ग भएका दिदीबहिनी तथा दाजुभाइहरुको साहसिक र महत्वपूर्ण योगदानको उच्च सम्मान गरेको छ । मुलुकको जनसंख्यामा उल्लेख्य संख्यामा रहेका अपाङ्गहरुलाई राज्यको निर्णायक संरचनामा सहभागिता र प्रतिनिधित्वको व्यवस्था हुनुपर्दछ भन्ने नेपाली कांग्रेसको धारणा रहँदै आएको जारी शुभकामनामा उल्लेख छ । नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिहरुलाई राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गरिएको छ । उनीहरुको शिक्षा, स्वास्थ्य, रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि नेपाली कांग्रेस सदैव क्रियाशील रहिरहने कांग्रेसले जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले उनीहरुको अन्तरनिहित क्षमता, दक्षता, शीप, योग्यता मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा सदुपयोग गर्न सक्नु पर्ने बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु