सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • कांग्रेस नेता रामचन्द्र पौडेलको रिहाइको माग गर्दै रामेछापमा राँके जुलुस् पर्दशन (फोटोफिचर)
रामेछाप बिशेष

कांग्रेस नेता रामचन्द्र पौडेलको रिहाइको माग गर्दै रामेछापमा राँके जुलुस् पर्दशन (फोटोफिचर)

मंसिर १७, फोटो फाइल

रामेछाप । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको रिहाइको माग गर्दै रामेछापमा  राँके जुलुस् निकालिएको छ ।

नेपाली कांग्रेस रामेछाप, कांग्रेसका भातृ संस्थाहरु नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल लगाएतको सहभागितामा चर्को बिरोध गरिएको हो । उनीहरुले नेता पौडेललाई तत्काल रिहा गर्न माग गरेका छन् । उनीहरुले मन्थलीमा ओली सरकार मुर्दावात, रामचन्द्र पौडेललाई रिहाई गर, अहिलेको सरकार मुर्दावात, लगाएतका नारा लगाएका छन् ।

बुधबार तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्ने क्रममा प्रहरीलसहित केही कांग्रेसका व्यक्तिहरुलाई  प्रहरीले नियन्त्रणमा लिएको छ । पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको भनी फेसबुकमा लेखेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सशक्त प्रतिवाद गर्ने बताएका छन् । नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रण लिए लगत्तै विज्ञप्ति जारी गरेर उनले यस्तो चेतावनी दिएका हुन् । सभापति देउवाले पौडेललाई तत्काल रिहा गर्न समेत माग गरेका छन् ।

फोटो भिडियो

फेसबुक प्रतिक्रियाहरु