आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • जीपी कोइराला अध्यापन केन्द्र काठमाडौँ शाखाद्वारा जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न
गोकर्नेश्वोर बिशेष

जीपी कोइराला अध्यापन केन्द्र काठमाडौँ शाखाद्वारा जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न

मंसिर २७

काठमाडौँ । जीपी कोइराला अध्यापन केन्द्र काठमाडौँ शाखाले  काठमाडौँ गोकर्नेश्वोर नगरपालिका जोरपाटीमा बृहत रक्तदान कार्यक्रम गरेको छ | साथै मृगौला पिडित ओखलढुंगा निवासी सोम बा.  गिरि र दुर्घटनामा परि घाइते भएका दोलखा निवासी भुवन फुयालका लागि सहयोग संकलन समेत गरेको थियो | कार्यक्रममा ५० जना भन्दा बढीले रगत दान  गरेका थिए भने मृगौला बिरामी र घाइतेलाई सहयोग रकम संकलन जारि रहेको छ | ओखलढुंगा काठमाडौँ सेवा समाज र दोलखा काठमाडौँ सेवा समाज सह आयोजको रुपमा रहेका थिए |

No description available.

कार्यक्रमको संयोजक नेपाली काँग्रेसका  नेता श्री बहादुर योगीले गरेका थिए | सो कार्यक्रममा सोहि नगरपालिकाको मेयर सन्तोष चालिसे, प्रमुख सल्लाहाकार दिपक रिसल, वडा नं ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल,  नेपालि काँग्रेसका  युवा नेता लाल बहादुर लामा, समाजसेवी कुमार राज सुबेदी, दिपक लामा, शान्ति समाजका केन्द्रीय अध्यक्ष उत्तम पुडाशैनी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो |

“हामीले गरेको कामले केहि दिन नसके पनि देशलाई एउटा संदेश वा संकेत दिन सक्छ भनेर यो कार्यक्रम गरेको हो ” संयोजक श्री बहादुर योगीले बताए |

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु