सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • नवजागरण बचत तथा ऋण सहकारी संस्थाले ६६ लाख भन्दा बढी नाफा आर्जन गर्यो : २२ औं साधारण सभा सम्पन्न
रामेछाप बिशेष

नवजागरण बचत तथा ऋण सहकारी संस्थाले ६६ लाख भन्दा बढी नाफा आर्जन गर्यो : २२ औं साधारण सभा सम्पन्न

मंसिर २७,

रामेछाप । रामेछापको मन्थलीस्थित नवजागरण बचत तथा ऋण सहकारी संस्थाले ६६ लाख भन्दा बढी नाफा आर्जन गरेको छ ।

शनिबार २२ औं साधारण सभा कार्याक्रम मार्फत सहकारीले गत आर्थिक वर्ष २०७५/०७६ मा सहकारीले ६६ लाख ३१ हजार २ सय ८२ रुपैयाँ नाफा हाँसिल गरेको सहकारीका कोषाअध्यक्ष जगन्नाथ दाहालले जानकारी गराए । उनका अनुसार सहकारीले ३१ करोड १३ लाख ४४ हजार १ सय ६३ रुपैयाँ बचत गरेको छ ।

२०५५ सालमा ११ जनाको सक्रियताबाट स्थापना भएको सहकारीले हाल ६ हजार ३ सय ८३ जना शेयर सदस्य बनाएको छ । तत्कालिन समयमा मन्थली गा.वि.सा को  वडा नं ७ र ८ कार्य क्षेेत्र बनाएको थियो  । हाल सहकारीले मन्थली नगरपालिकाका १,२,३,४,५,६,७,८ , रामेछाप नगरपालिकाको वडा नं ८ र ९, खाँडादेवी गाउँपालिकाको ४ र ५, लिखु तामाकोशी गाउँपालिकाको ५ र ७ मा कार्या क्षेत्र बनाई काम गरिरहेको छ ।

सहकारीले हाल ४४ करोडको कारोबार गरिरहेको सहकारीका अध्यक्ष श्याम थापाले बताएका छन् । त्यस्तै सहकारीले २०७६ सालमा नेपाल सरकार, सहाकरी विभाग तथा नेफ्स्कुन मार्फत नेपाल सरकारको गुणस्तर (प्रोबेशन) ब्राण्ड प्राप्त गर्ने रामेछापको पहिलो संस्था बनेको समेत जनाइएको छ ।

सहकारीले हाल २९ करोड १९ लाख ४१ हजार १ सय ४३ रुपैयाँ ऋण लागानी गरेको छ । सहकारीले आगामी दिनमा संस्थाका शेयर सदस्याको हितमा काम गर्ने योजना  लिएको संस्थाका सचिव सोमेश थापाले बताए ।

त्यस्तै कार्याक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्थली नगरपालिकाकी नगर उप-प्रमुख मायाँ कुमारी कार्कीले सहकारीले जिल्लामै उदहारणीय काम गरेको भन्दै आगामी दिनमा यसलाई नगरपालिकासंग समन्वय गरेर विकास निर्माण र कृषि क्षेत्रको विकासमा लाग्नु पर्ने बताईन् । उनले सहकारीले गरेका कामको उच्च मूल्याङ्कन् भएको भन्दै शेयर सदस्यको हित संगै उनीहरुको जीवन स्तर उकास्ने काममा सहकारीले भूमिका खेल्नु पर्नेमा उनले जोड्दिईन् ।

सहाकरीले विगतका वर्षहरुमा निकै संघर्षबाट जिल्लामा आफ्नो स्थान उच्च बनाएको संस्थाका सम्बन्धितहरुको भनाई छ । सहकारीको मन्थलीस्थि मालपोत कार्यालय जानेबाटो नजिकै २ करोडको लागतमा आफ्नै अत्याधुनिक सयविधा सम्पन्न भवन निर्माणको अन्तिम चरणमा रहेको छ ।

सहकारीको कार्याक्रम रामेछाप जिल्लाको सदरमुकाममा संचालित रेडियोबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

No description available.

 

फेसबुक प्रतिक्रियाहरु