शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • एमसिसि परियोजना राष्ट्र हितमा छ, सरकारको बन्दाम गर्न हल्लामात्रै फैलाइयो-मन्त्री ढुङ्गेल
रामेछाप बिशेष

एमसिसि परियोजना राष्ट्र हितमा छ, सरकारको बन्दाम गर्न हल्लामात्रै फैलाइयो-मन्त्री ढुङ्गेल

मंसिर २७,

रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले अमेरिकी सहयोग नियोग (एमसिसि) परियोजना राष्ट्रको हितमा रहेको दाबी गरेका छन् ।

शनिबार सदरमुकाम समेत रहेक मन्थलीमा,मन्थली मा.विको भवन शिलन्यास कार्याक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विगतका सरकारले गरेको निर्णयहरुलाई सम्बोधन गरेको वर्तमान केपी शर्मा ओलीको सरकाले सहयोगको लिनू पर्ने बताईरहदा यसको विरोध गर्नु पर्ने कुनै कारण नभएको जिकिर गरे। उनले भने तत्कालिन शुशिल कोइरालाले हस्ताक्षर गरे, शेरबहादुर देउवा प्रधानमन्त्री हुदाँ सम्झौेता गरेको, बाबुराम भट्टराई, प्रचण्डले त्यती बेला काम गरे अहिलेको ओली सरकाले ब्यवहारमा ल्याउदाँ उताउला कुरा गरेर सरकारको बिरोध गर्ने ।

सरकारले विकास निर्माणका अनगिन्ती काम गरेको उदाहरण दिदै मन्त्री ढुङ्गेलले बिरोध गर्नका लागि सिन्को नभाँचेको भनेर हल्लाफिँजाएर बिरोध गरेको बताए । उनले बने सरकारले सिन्कोहैन रुखै काटीसक्यो विरोधिहरु सिन्कोभाँचेन भनेर बेसेका छन् ।

मन्त्री ढुङ्गेलले आफू मन्त्री भएको अढाई वर्षमा गृह जिल्लमा  उल्लेख काम गरेको दाबी गरे । उनले जिल्लाका सदरमुकाम जोड्ने मुख्य सडकहरु कालोपत्रेको क्रम्मा रहेको भन्दै काम धमाधम चलेको बताए । उनले शिक्षा क्षेत्रमा, उधमिको क्षेत्रमा प्रदेश सरकारले उल्लेख्या काम गरेको बताए । मन्थली मा.विलाई  आगामी दिनमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

आर्थिक मामिला तथा योजना मन्त्री ढुङ्गेल रामेछापमा आफू मन्त्री भएयताका विकास निर्माण भएका निर्माणहरुको २५ मिनेट भन्दाबढी चर्चा गरेका थिए । जिल्लामा राम्रा काम अनगिन्ती भएक जिकिर गर्दै उनले राम्रो कामको चर्चा नभएर नराम्रो कामको मात्रै हल्लाफैलाइएको गुनासो गरे ।

शिलन्यास कार्याक्रमको फोटो हेर्नुहोस्

No description available.

No description available.No description available.

फेसबुक प्रतिक्रियाहरु