मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • अन्तत : मैलेनी सिन्दुर भरे, यस्ती देखिन् श्वेता दुलही भेषमा (तस्विरहरु)
जुनेली बिशेष

अन्तत : मैलेनी सिन्दुर भरे, यस्ती देखिन् श्वेता दुलही भेषमा (तस्विरहरु)

मंसिर २३,

नायिका श्वेता खड्काले सोमबार लगनगाँठो कसेकी छिन्  । यो उनको यो दोस्रो बिहे हो । यसअघि स्वर्गीय नायक श्रिकृष्ण श्रेष्ठसंग लगान गाँठो कसेकी थिइन् । उनी धनगढीका विजयन्द्र सिंह रावतसँग बिहे गरेकी हुन् । उनीहरु दुबै केही समयदेखि प्रेममा थिए ।

बिहेको फोटो पोष्ट गर्दै उनले अनित मैलेनी सिन्दुर भरे भनेकी छन् ।  हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें ।

उनले आफूले अझै जिन्दगीको अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ भनेकी छन् । नायिका खड्काले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्‍याउनु छ ।  निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ ।

त्यस्तै उनी पेशा व्यवसायी पनि हुन् । उनले आफूले थालेका ब्यावसायहरुलाई आफ्नो  हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ भनेकी छन् । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु । म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु । आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छ ।

त्यस्लाई साकार बनाउनको लागी म प्र यासरत रहनेछु ।

तस्बिर साभारः स्वेताको फेसबुकबाट

फेसबुक प्रतिक्रियाहरु