आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • नयाँपार्टीमा डेरा गरी बस्दै आएका एकै परिवारका आमाछोरीको मृत्यु : बुबा बेहोस् अवस्थामा फेला,
दुर्घटना/अपराध

नयाँपार्टीमा डेरा गरी बस्दै आएका एकै परिवारका आमाछोरीको मृत्यु : बुबा बेहोस् अवस्थामा फेला,

मंसिर १८,

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं २ वडा कार्यालय नजिक,  नयाँपार्टीमा डेरा गरी बस्दै आएका एक परिवारका २  जना मृत अवस्थामा र एक बेहोस् अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा आमा २७ वर्षीय पेम्बी शर्पा र १ महिनाकी छोरी हुन् । भने ३० वर्षीय दोर्जे शर्पा बेहोस् अवस्थामा फेला परेका छन । उनीहरुको स्थायी ठेगाना खुल्न बाँकि रहेको छ ।

बुधबार राति राम्रै कोठामा रहेका उनीहरु बिहान अबेर सम्म नउठेपछि घरबेटी कुबेर पण्डितले करिव ७ बजेको समयमा, झ्यालको चुकुल खोलेर हेर्दा उनीहरु बेहोस् अस्थामा जस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सुन्दरीजल बाट प्रहरी ८ बजे पुगेर रहेर्दा उनीहरु आमाछोरीको ज्यान गैसेकको र बुबा बेहोस् अवस्थामा भेटिएक प्रेहरीले जनाएको छ । बेहोस भएका दोर्जे शर्पालाई उद्धार गरी नेपाल मेडिकल कलेजमा उपचार भैरहेको छ । उनीहरु पसल संचालन गर्दै आएका थिए ।

मृतआमा छोरीको शव पोष्टमाटमको लागि प्रहरीले नेपाल मेडिकल कलेजमा लागेको छ ।

घटना स्थलमा उनीहरुले हीटर र कोइला बालेर सुतेको पाइएको छ । घटनाबारे थप अनुसन्धान भेरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु