आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • मन्थली नगरपालिकाद्वरा २९ औं अन्तराष्ट्रिय अपाङ्गता दिवासको अवसरमा ६ जना फरक क्षमता भएकाहरुलाई सम्मान
रामेछाप बिशेष

मन्थली नगरपालिकाद्वरा २९ औं अन्तराष्ट्रिय अपाङ्गता दिवासको अवसरमा ६ जना फरक क्षमता भएकाहरुलाई सम्मान

मंसिर १८,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले २९ औं अन्तराष्ट्रिय अपाङ्गता दिवासको अवसरमा ६ जना फरक क्षमता भएकाहरुलाई सम्मान गरेको छ ।  दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले ६ जना फरक क्षेमता भएकाहरुलाई बिहिबार नगद एक हजार र न्यानो ओड्ने कपडासहित सम्मान गरेको प्रमुख प्रशासकिय अधिकृत लिला प्रसास पौडेलले जुनेली न्युजलाई जानकारी दिए ।

कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ आज अपाङ्गता दिवस मनाईदै छ ।

नगरपालिकाले १६  दिने महिला हिंसा अन्त्य विरुद्धको दिवसभित्रकै एक महत्वपूर्ण दिवसको रुपमा समेत यो दिवासलाई मनाएको अधिकृत पौडेलले बताए ।

राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष मित्रलाल शर्माले राष्ट्रिय जनगणना २०७८ को पूर्वसन्ध्यामा जनगणनालाई समावेशी बनाइ अपाङ्गता भएका व्यक्तिकोसमेत वास्तविक गणना गरी अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।

सन १९९२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउन थालिएको हो ।

फोटो हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु