मंसिर १४,
रामेछाप । रामेछाप संस्कृतिक कलाकार समाजले आफ्नो शाखा गाउँपालिका स्तरसम्म पुर्याएको छ । आइतबार उमाकुण्ड गाउँपालिकामा गाउँपालिका स्तरिय समिति गठन गरेको हो । समाजको केन्द्रीय उपाअध्यक्ष सन्ध्या सानु को सभापती तथा उमाकुण्ड गा.पा वडा नं २ का अध्यक्ष खम्बध्वज बस्तेतको प्रमुख आतित्थ्यतमा जीवन घतानेको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको उपाअध्यक्ष सानुले जुनेली न्युजलाई जानकारी दिईन् ।
उनका अनुसार उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तिभण्डारमा १३ सदस्यीय समिति गठन गरी आगामी दिनमा गाउँपालिकामा संस्मृतिक परम्परा, लोक संस्कृति जोगाउन काम गर्ने बताइन् ।
पालीका स्तरीय कलाकार समाजको उपा-अध्यक्षमा हिमाल सुनुवार चयन भएका छन् भने सचिवमा दृष्टी खाती चयन भएकी छिन् । त्यस्तै मनिष सुनुवार सह-सचिव र कोषाअध्यक्षमा सिमान्तसिंह बराईली साथै सदस्यहरुमा
सुमन बराईली, रविन्द्र घताने, बविता कार्की, अरुणा खाती, गिरिराज खड्का, अभिनाश खाती, पुजा कार्की र प्रसिला सुनुवार निर्वाचित हुनु भएको छ ।
कार्यक्रम को संयोजन रामेछाप संस्कृतीक कलाकार समाज का केन्द्रिय सदस्य बालकृष्ण घिमिरेले गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु