शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कैलालीका सुनिल सेवा र मोरङ्का मनिष न्यौपाने जय नेपाल सामाजिक संस्थाको जिल्ला अध्यक्ष
गोकर्नेश्वोर बिशेष

कैलालीका सुनिल सेवा र मोरङ्का मनिष न्यौपाने जय नेपाल सामाजिक संस्थाको जिल्ला अध्यक्ष

मंसिर ०८,

काठमाडौं । जय नेपाल सामाजिक युवा संस्थाले कैलाली र मोरङ् जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ । आइतबार संस्थाका केन्द्रीय अध्यक्ष राजु सुनारले कैलालीका सुनिल सेवा र मोरङ्का मनिष न्यौपानेलाई जिल्लाको अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

संस्थाले ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने नीति अनुसार दुई जिल्लामा आइतबार एकै दिन जिम्मेवारी दिईएको उनले जुनेली न्युजलाई जानकारी दिए । जिल्ला अध्यक्षहरुलाई तत्काल आफ्नो कार्यसमितिलाई पूर्णता दिन पनि केन्द्रले निर्देशन दिएको छ ।

२०६७/०६८ मा काठमाडौंमा दर्ता भएर सामाजिक क्षेत्रमा निरणन्तर काम गर्दै आएको संस्थाले पछिल्लो समय लोकप्रियता बढाएको छ । सोही बमोजिम यसले आफ्नो शाखा विस्तार गरेको हो । सो संस्थाले युवाहरुको क्षमाता अभिवृद्धिलाई पहिलो प्रथामिकता दिएको छ । साथै सामाजिक क्षेत्रमा हुने सबैखाले गरिविधिलाई पनि संस्थाले काम गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु