शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आगोलागीमा परी बालक गुमाएका परिवारलाई २ लाख नगदसहित राहात सामाग्री हस्तान्तरण : ७ लाख बराबरको क्षति(भिडियोसहित)
रामेछाप बिशेष

आगोलागीमा परी बालक गुमाएका परिवारलाई २ लाख नगदसहित राहात सामाग्री हस्तान्तरण : ७ लाख बराबरको क्षति(भिडियोसहित)

मंसिर ०६,

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौलीमा शनिबार दिउँसो आगोलागीमा परेका परिवारलाई राहात प्रदान गरिएको छ ।

जिल्ला प्रशासन कार्यलय रामेछापबाट प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मासहितको टोलीले तत्कालको लागि २ लाख नगदसहित् लत्ता कपडा सहयोग गरेको त्याँहा स्थित हाम्रा समकर्मी राजन रम्तलले जानकारी दिए ।  उनका अनुसार पीडितको परिवारलाई ओड्नेओछ्याउने कपडा सहयोग गरिएको हो ।

शनिबार दिउँसो १२ बजेको समयमा विधुत् सर्ट भई आगोलागी हुदा आगोलागीमा परी ५ वर्षीय बालकको मृत्यु भएको छ ।

आगो स्थानीय रणबहादुर रम्तेलको घरमा लागेको हो । आगोलागीबाट ७ लाख बराबरको क्षेति भएको प्ररम्भिक अनुसन्धानबाट खुलेको  सहकर्मी रम्तेलले बताए ।

फेसबुक प्रतिक्रियाहरु