शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मन्थली नगरपालिकाका २२ वटै विद्लयहरु प्रविधि मैत्री बन्दै-नगर प्रमुख बस्नेत
रामेछाप बिशेष

मन्थली नगरपालिकाका २२ वटै विद्लयहरु प्रविधि मैत्री बन्दै-नगर प्रमुख बस्नेत

मंसिर ०६,

रामेछाप । रामेछापको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले आफ्नो नगरपालिका भित्रका सबै विद्यालयहरु प्रविधि मैत्री हुनु पर्ने बताएका छन् । शनिबार नगपालिका अन्तर्गत मन्थली माबिमा आईएमआईस् सम्बन्धि अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख बस्नेतले नगरभित्रका सबै विद्यालहरु प्रविधि मैत्री हुनु पर्ने बताएका हुन् ।

उनले नगरभित्रका सबै विद्यालयहरुलाई विद्यालयको सबै क्रियाकलाप डिजिटल प्रविधि/ अन्लाईमा राख्नु पर्ने भन्दै तत्काल सो काम सम्पन्न गर्ने निर्देशन दिए । उनले भने नगरभित्रका सबै विद्यालयहरु अन्लाई प्रणालीमा जानु पर्छ । त्यसको लागी ईन्टरनेटको ब्यवस्था नभएमा नगरले सहजिकरण गर्छ । काम तत्काल अघि बढ्नु पर्यो ।

कार्यक्रममा नगरभित्रका २२ वटा माविहरुको शिक्षक, कर्मचारीहरुको उपस्थिति रहेको थियो । उनीहरुलाई शिक्षा विभागबाट खटिएका २ जना प्राविधिकहरुले अन्लाईन प्रणालीको बारेका जानुको फाईदाको बारेका जानकारी गराएका थिए ।

फेसबुक प्रतिक्रियाहरु