आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • रामेछापमा २ कर्मचारी र १२ वर्षीय बालकसहित ८ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ४ सय नाघ्यो
रामेछाप बिशेष

रामेछापमा २ कर्मचारी र १२ वर्षीय बालकसहित ८ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ४ सय नाघ्यो

कात्तिक २६,

रामेछाप । रामेछापमा मंगलबार राति प्रादेशिक जनस्वास्थ्य ल्याब धुलिखेलबाट थप ८ जनामा कोरोना पुष्टि भएको छ । उनीहरुको गत कात्तिक २४ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा मंगलबार राति ८ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिएका छन् ।

उनका अनुसार संक्रमित् हुनेमा मन्थली नगरपालिका स्थित नेपाल बिधुत प्राधिकरणका एक ५२ वर्षीय पुरुष कर्मचारी र म.न.पा-५ का हे.पो का ३७ वर्षीय महिला स्वास्थ्यकर्मी रहेका छन् । त्यस्तै महिला कर्मचारीका १२ वर्षीय छोरालाई पनि संक्रमण भएको छ ।

त्यस्तै नगरपालिका कै ७ नं वडाका ५७ वर्षीय पुरुष (शिक्षक, र प्राथामिक स्वास्थ्य केन्द्रका ३८ वर्षीय पुरुषलाई पनि संक्रमण देखिएको छ । त्यस्तै म.न.पा-२ का ३० वर्षीय पुरुष र म.न.पा-५ का ६१ र १५ वर्षीय महिलालाई पनि संक्रमण देखिएको थापाले जनाकारी दिए ।

योसंगै रामेछाप जिल्लाबाट पठाएको स्वाब पोजेटिभ हुनेको संख्या १८७ जना पुगेको छ । भने २ हजार १ सय २७ जनाको नेगेटिभ आएको छ । त्यस्तै रामेछाप घर भैई जिल्लाबाहिर बस्दै आएकाहरुले देशका विभिन्न अस्पतालमा परीक्षण गर्दा पोजेटिभ हुनेको संख्या २ सय १९ जना पुगेको छ । जिल्लाबाहिर ६९ जना महिला र १५० जना पुरुषमा संक्रमण देखिएको हो ।

बुधबार सम्ममा जिल्लामा ४९० वेडको क्वारेन्टिन तयार गरिएको छ । भने १०८ बेडको आइसोलेसन कक्ष तयार पारिएको छ । हाल आईसोलेसनमा २५ जना उपचाररत रहेका छन् । त्यस्तै २३ सय १४ जनाको स्वाब संकलन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

जिल्लाबाहिर र जिल्लाभित्रसहित संक्रमितको संख्या ४ सय ६ जनामा संक्रमण भएको छ ।

No description available.

 

फेसबुक प्रतिक्रियाहरु