शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो
समाचार

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

कात्तिक २६,

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । बुधबारको नियमित् मिडिपा ब्रिफिङ्मा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जनाकारी दिएका हुन् । बुधबार देशैभरि २ हजार ५ सय ६९ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या २ लाख नाघेको हो ।

हालदेशमा कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो । उनीहरुमध्ये १हजार १ सय ७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएका हुन् ।

त्यस्तै देशैभरी ३८ हजार ९१२ संक्रिय संक्रमित छन् । ८१.२ प्रतिशत निकोभएका छन् । आज बुधबारदेखि मन्त्रालयको नियमित् मिडिया ब्रिफिङ् आगामी बुधाबार मात्रै हुने पनि गौतमले बताए ।

 

फेसबुक प्रतिक्रियाहरु