आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • समाजसेवी तामाङ्गद्वरा चुचुरेका स्थानीयलाई न्यानो कपडा वितरण
रामेछाप बिशेष

समाजसेवी तामाङ्गद्वरा चुचुरेका स्थानीयलाई न्यानो कपडा वितरण

कात्तिक २६,

रामेछाप । रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा नम्बर १ चुचुरेमा स्थानीयहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

उनीहरुलाई सोही ठाउँ निवासी नेपाली कांग्रेसका नेता तथा समाजसेवी पुर्ण बहादुर तामाङ्ग (कान्छाराम ) का छोरा युवा नेता निरोज तामांङ्गले वितरण गरेका हुन् । जाडोयाम सुरु भएसंगै जाडोबाट जोगिनको लागि न्यानो कपडा वितरण गरिएको हो । विशेष गरी बालबालिका र बुद्धबुद्धाहरुलाई जोडो महिनामा समस्या हुने गर्दछ । सोही विषयलाई ध्यानमा राखि न्यानो कपडा वितरण गरेको वडा नं १ का वडा अध्यक्ष मणी कुमार लामाले जुनेली न्युजलाई जानकारी दिए । उनका अनुसार वडा नम्बर १ को चुचुरे र कोक्सीला टोलका ३५ जना बृद्धाहरुलाई आफ्नो न्यानो कपडा सहयोग गरिएको हो ।

तामाङ्गले आफ्ना स्वर्गीय हजुरबुबा शेर बहादुर तामाङ्ग, हजुरआमा गंगा जमुना तामाङ्ग र चित्र बहादुर तामाङ्गको सम्झनामा न्यानो कपडा वितरण गरेको जानकारी दिए ।

कपडा पाएपछि स्थानीय

फेसबुक प्रतिक्रियाहरु