आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • पर्यटन प्रवर्द्धको लागि गोकुलगंगाको चुचुरेमा यस्तो धार्मिक स्थल बन्दै [फोटोसहित]
रामेछाप बिशेष

पर्यटन प्रवर्द्धको लागि गोकुलगंगाको चुचुरेमा यस्तो धार्मिक स्थल बन्दै [फोटोसहित]

कात्तिक २६,

रामेछाप । रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा नम्बर-१ चुचुरेमा पर्ने अत्यन्त रमणीय प्रकृतिक सौन्दर्यले भरिएको स्थान हो ।गर्जाङ्गको रमिते भन्ने स्थान, जुन स्थान गर्जाङ्ग गाउँबाट पूर्व तर्फ करिब ४५ मिनेटको पैदल यात्रा पश्चात पुग्न सकिन्छ। यस स्थानलाई ऐतिहासिक तथा पूरातात्विक स्थलको रूपको गन्तब्यको रूपमा विकास गर्न हाल गोकुलगंगा गाउँपालिका १ नम्बर कार्यालय लागि परेको छ । जसको लागि वडाले,वडाबाट डिपिआरको लागि गोकुलगंगा गाउँपालिकामा प्रस्ताव पेश गरेको र आर्थिक वर्ष २०७६/०७७ मा उक्त प्रस्ताव गाउँ कार्यपालिकाबाट पास समेत भएको छ ।

उक्त स्वीकृत कार्यक्रमबाट उक्त स्थानको डिपिआर गर्ने कार्य सम्पन्न भएको वडा नं १ का वडा अध्यक्ष मणी कुमार लामाले बताए । ऐतिहासिक स्थलको रूपमा अवस्थित त्यो ठाउँमा परापूर्व कालमा दोलखा जिल्ला, हालको जिरी नगरपालिका वडा नम्बर १ को पाङ्गनागी गुम्बाबाट आफ्नो तपस्याको बलले दैवी शक्ति प्राप्त गरेका लामा गुरुहरु बिहानको सूर्यको किरण संगै उडेर त्यस स्थानमा पुगी तपस्या गर्न बस्ने गरेको जानकारहरु बताउँछन् । भने उक्त स्थानमा भिरको बिचमा अहिले सम्म पनि तपस्या बस्ने गुफाको अवशेष भत्केको घरको ढुङ्गा र केही भाग लगाइएको ढुङ्गाको पर्खाल समेत प्रमाणको रूपमा रहेको पाइएको छ।

त्यो स्थान आफैंमा एउटा प्राकृतिक रूपमा नै मनोरम देखिन्छ त्यहाँबाट गर्जाङ्ग गाउँ लगायत धेरै टाढा सम्मको स्थान अत्यन्त मनमोहक देखिन्छ। भने यसलाई ऐतिहासिक गन्तब्यको रूपमा विकास गर्दा सुनमा सुगन्ध हुने ठहर वडाको छ । आन्तरिक तथा बाह्य पर्यटकको एउटा गन्तब्य स्थल बनाउनको लागि वडाले काम गरिरहेको लामाले बताए । साथै त्यसबाट सो वडा र समग्रमा गोकुलगंगा गाउँपालिकालाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा फाइदा पुग्ने छ ।

यस्तो बन्ने छ । नमुना ।

फेसबुक प्रतिक्रियाहरु