आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • कांग्रेस नेता मीन विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ : भेन्टिलेटरबाट निकालिदै
समाचार

कांग्रेस नेता मीन विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ : भेन्टिलेटरबाट निकालिदै

कात्तिक १८,

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य, नेपाल दलित संघका केन्द्रीय अध्यक्ष पूर्व वाणिज्य मन्त्री तथा हाल प्रतिनिधि सभा सदस्य, मीन विश्वकर्माको कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ।

गत कात्तिक ०१ गते कोरोना संक्रमण पुष्टि भएका विश्वकर्माको मंगलबार गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको चिकित्सकहरुको भनाई उदृत गर्दै नेपाल दलित विद्यार्थी संघका केन्द्री अध्यक्ष राजु सुनुवारले जानकारी दिए । उनका अनुसार विश्वरकर्माको स्वास्थ्यमा सुधार पनि आएको छ ।

उनले भेन्टिलेटरमा उपचाररत विश्वकर्मालाई भेटे पश्चात जुनेली न्युजसंग कुरा गर्दै उनले भने खुसीको कुरा स्वास्थ्य अवस्था सुधार भएको छ । डाक्टरले उपचार राम्रो हुँदै छ, केहीदिनमै भेन्टिलेटरबाट हामी बाहिर निकाल्छौँ भन्दा विश्वकर्माले  उत्तरको रुपमा हात उठाएर इसारा दिनुभएको छ भने । केन्द्रीय अध्यक्ष सुनारले स्वास्थ्य लाभको कामना गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु