बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • कांग्रेसले नेता सूर्यबहादुर के.सी.को निधनप्रति दुख व्यक्त गर्दै तीन दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने, झण्डा आधा झुकाउने
समाचार

कांग्रेसले नेता सूर्यबहादुर के.सी.को निधनप्रति दुख व्यक्त गर्दै तीन दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने, झण्डा आधा झुकाउने

कात्तिक १८,

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले आज मंगलबारदेखि भोली बुधबार र पर्सी बिहिबार तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बसेको पार्टीको बैठकले सो निर्णय गरेको प्रेस विज्ञप्ति मार्फत मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय आमन्त्रित सदस्य एवं प्रतिनिधि सभाका सदस्य सूर्यबहादुर के.सी.को निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताप पारित गरिएको छ । त्यस्तै भोली कात्र्तिक १९ गते बुधबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने प्रस्ताप परित भएको छ ।

के.सी.को सोमबार राति १० बजे पोखरा महानगरपालिका वडा नं. ७ मुस्ताङचोक स्थित आफ्नै निवासमा निधन भएको थियो । स्वर्गीय के.सी.ले नेपालको उद्योग वाणिज्य तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको पार्टीले स्मरण गरेको छ । पिता कीर्तिबहादुर के.सी. र माता पदमकुमारी के.सी. को ज्येष्ठ सुपुत्रको रुपमा वि.सं. २०१४ जेठ १० गते केसीको जन्म भएको थियो ।

के.सी. २०७४ को निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत पार्टीका तर्फबाट प्रनिनिधि सभा सदस्य भएका थिए । उनको निधनप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, उनको आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा कांग्रेसले हार्दिक समवेदना प्रकट गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु